Tuesday, 20 August 2019

नेप्से परिसूचक ८.४३ अंकले घटेर १२१३.६३ विन्दुमा, कारोबार रकम जम्मा २७ करोड!

३ भाद्र २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ८.४३ अंक अर्थात ०.६९ प्रतिशतले घटेर १२१३.६३ विन्दुमा अडिएको छ। यस दिन १६५ कम्पनीको ११ लाख ७७ हजार ६४७ कित्ता २७ करोड ३५ लाख ०८ हजार ७८५ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य २ सूचक सकारात्मक रहेका छन् भने बाँकी १० सूचक नकारात्मक रहेका छन्। यस दिन ट्रेडिङ्ग समूह ६.५९ अंकले सबैभन्दा धेरै बढेको छ र ५६.१६ अंकले जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 

चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै सोल्टी होटेल लिमिटेडको ४ करोड ३५ लाख ८४ हजार ८९५ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः रसुवागढी हाईड्रोपावर, एनआईसी एशिया, नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, माहालक्ष्मी विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, साञ्जेन जलविद्युत, कृषि विकास बैंक र माथिल्लो तामाकोशीले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट विशाल बजार कम्पनीको शेयरमूल्यमा ५.६२ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः ग्रिन डेभलपमेन्ट बैंकको ३.७७, साग्रिला डेभलपमेन्ट बैंकको ३.४७, गुहेश्वरी फाइनान्स कम्पनीको २.५९, सपोर्ट माइक्रोफाइनान्सको २.४३, पञ्चकञ्या माई हाईड्रोपावरको २, मेघा संस्थापकको १.९६, सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डको १.९५ र नबिल इक्विटी फण्डको १.८९ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमूल्यमा ९.५६ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः दिव्येश्वरी हाड्रोपावरको ५, हिमालयन पावर पार्टनरको ४.९३, गुराँस लघुवित्तको ४.७९, अरुण काबेली पावरको ४.२९, नाडेप लघुवित्तको ४.०६, नयाँ नेपाल लघुवित्तको ३.६७, नेशनल लाइफ इन्स्योरेन्सको ३.६७, लक्ष्मी लघुवित्तको ३.६४ र फर्वाड लघुवित्तको ३.५९ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से



धन्यवाद! 


जय नेपाल!!!

No comments:

Post a Comment