१३ भदौ २०७६,
काठमाण्डौं, नेपाल।
नेपालको आफ्नै भू-उपग्रहको स्थापना, संचालन तथा उपभोग सम्बन्धमा तयार गरिएको नेपाल भू-उपग्रह नीति, २०७६ को मस्यौदामा माननीय संञ्चार तथा सूचना मन्त्री गोकुल प्रसाद बाँस्कोटाज्यूको उपस्थितिमा सम्बन्धित सरोकारवालाहरुसँग भदौं ११ गते छलफल सम्पन्न भयो।
उक्त छलफल कार्यक्रममा मन्त्रीज्यूले नीति सरल साथै संक्षिप्त हुनुपर्ने र सो नीतिले राष्ट्रिय लक्ष्य तथा प्राथमिकतालाई समेत सम्मेलित गरेर बनाउनुपर्ने उल्लेख गर्नुभयो। नीतिलाई प्रशासनिक आँखा मात्रै नहेरी विज्ञहरुलाई समेट्दै सबैको व्यवहारिका ज्ञानको उपयोग गर्न र नेपालको भू-उपग्रह दूरसञ्चार, सूचना प्रविधि, नागरिक उड्डायन, व्यवसायिक प्रयोजन लगायत उद्दार तथा राहत जस्ता मानविय हितका कार्यमा उपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो।
नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका डा. नन्द विक्रम अधिकारीले भू-उपग्रह नीतिको सट्टा राष्ट्रिय अन्तरिक्ष नीति किन नामाकरण गरिएन भनेर असन्तुष्ति व्यक्त गर्नुभयो। सोही कार्यक्रममा विभिन्न सरोकार मन्त्रालय, काठमाण्डौं विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नेपाल टेलिकम रेडियो नेपाल, डिस होम लगायतका सरोकार निकायका प्रतिनिधिहरुले मस्यौदा माथि आफ्नो सुझाव राख्नुभयो।
सन्दर्भ सामाग्रीः
संञ्चार तथा सूचना मन्त्रालय, http://mocit.gov.np/categorydetail/20760512a
No comments:
Post a Comment