काठमाण्डौं, नेपाल।
नेपाल सरकारको 'समृद्ध नेपाल खुसी नेपाली' उदेश्य अनुरुप नेपाल विद्युत प्राधिकरणले विद्युतिकरणको अभियान भर्खरै थालनी गरेको छ। र, यसको उद्देश्य नेपलमा सन् २०२२ सम्म सत प्रतिशत विद्युतिकरण गर्ने रहेको छ।
हालसालै प्रकाशन भएको विद्युत प्रधिकरणको प्रतिवेदनले सन् २०२२ सम्ममा पूर्ण विद्युतिकरण गर्न किनै कठिन रहने देखाउँछ। सो प्रतिवेदनमा अनुसार कर्णाली प्रदेशमा जम्मा २७.०३% र सुदुरपश्चिम प्रदेशमा ५८.९०% जनताले विद्युत उपभोग गर्न पाएका छन्। तसर्थ, अरु प्रदेशको तुलनामा यी दुई प्रदेशमा विद्युत पुग्न निकै जरुरी देखिन्छ। यद्यपि, यो भनिरहँदा कर्णाली प्रदेश अहिलेसम्म राष्ट्रिय प्रसारण लाईनमा जेडिएको छैन्।
शहरमा जीवनयापन गर्ने हामी प्रायले विद्युतलाई सामान्य मान्न थालिसकेका छौं। तर, पश्चिमका प्रदेशमा अहिले पनि साना बालबालिका टुक्की बत्तीमा पढ्न बाध्य छन् भने गर्भवती महिला उल्ट्रासाउन्ड जस्तो सामान्य टेस्ट गर्न पनि सदरमुकाम धाउन बाध्य छन् ।
परन्तु, यस समस्याको हल गर्न विद्युत प्रधिकणले मास्टर प्लान तयार गरेको छ जसअनुसार यस क्षेत्रमा ४०० केभीको प्रशारण लाईन निर्माण गरिनेछ। र, आशा गरौं! निर्माणकार्य समयअवधि भित्र सम्पन्न भए यस क्षेत्रका जनताले चाढैं विद्यु उपभोग गर्न पाउँनेछन्!!
![]() |
चित्र १ः सांक्षिप्त विद्युिकरणको तथ्य |
![]() |
चित्र २ः प्रदेशको आधारमा विद्युतको पहुच |
सन्दर्भ सामाग्रीः
https://nea.org.np/frontend/images/Nepal%20Electrification%20statistics%202019.pdf
No comments:
Post a Comment