Sunday, 4 August 2019

नेप्से परिसूचक ४.२० अंकले घट्यो, कारोबार रकम आधा अर्ब नजिक

१९ साउन २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४.२० अंक अर्थात ०.३३ प्रतिशतले घटेर १२५९.६४ विन्दुमा अडिएको छ। यस दिन १६९ कम्पनीको १४ लाख ६७ हजार ४६४ कित्ता ४७ करोड ४१ लाख ५१ हजार ७२९ रुपैयाँमा कारोबार भएको छ। 


चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका ११ उपसूचकमध्य २ सूचक मात्र सकारात्मक रहेका छन् भने बाँकी ९ सूचक नकारात्मक रहेका छन्। यस दिन फाइनान्स समूह १.०३ अंकले सबैभन्दा धेरै बढेको छ र २४.५६ अंकले निर्जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको ५ करोड १२ लाख २५ हजार ३८५ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः कृषि विकास बैंक, ग्रामिन विकास लघुवित्त, प्रभु बैंक, सानिमा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक संस्थापक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंक र एभरेष्ट बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट स्वरोजगार लगुवित्तको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः स्पर्श लघुवित्तको १० स्वाभिमान लघुवित्तको ९.९९, सपोर्ट माइक्रोफाइनान्सको ९.९४, नेपाल एग्रो लघुवित्तको ९.८९, महिला सहयात्री लघुवित्तको ९.३४, गुराँस लघुवित्तको ७.०२, रैराङ्ग हाईड्रोपावरको ५.७१, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको ४, माउन्टेन हाईड्रोको ३.८५
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट 
हिमालयन पावर पार्टनरको शेयरमूल्यमा ५.०५ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः इन्फिनिटी लघुवित्तको ४.८७, सामुदायिक लघुवित्तको ४.७४, कोर्पोरेट डेभलपमेन्ट बैंकको ४.७२, लक्ष्मी लघुवित्तको ४.२९, सिभिल लघुवित्तको ४.२६, समता माइक्रोफाइनान्सको ३.९६, नाडेप लघुवित्तको ३.७६, आशा लघुवित्तको ३.६८ र ग्रमिन विकास लघुवित्तको ३.६५ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment