Monday, 5 August 2019

नेपाल आयात मुखि बन्दै, भन्सार विभागको राजस्वमा ५१.१०५ % हिस्सा!!

२० साउन २०७६,
काठमाडौं, नेपाल।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालू आर्थिक वर्षको सुरुको नौ महिनाको प्रारम्भिक राजस्व तथ्याङ्क बमोजिम नेपालको कुल राजस्व संकलन रु. ५ खर्ब ८८ अर्ब ९९ करोड देखिन्छ। सोही अवधिमा भन्सार विभागले कुल रु. २ खर्ब ७० अर्ब ६१ करोड राजस्व संकलन गरेको छ जुन राष्ट्रिय राजस्वको ४५.९५५ हुन अाउँछ। राजस्व संकलनको तथ्याङ्कमा गैरकर राजस्व राजस्व (रु. ५९ अर्ब ४१ करोड) बाहेकको तथ्याङ्क हेर्ने हो भने भन्सार विभागले करिब ५१.१०५ हिस्सा ओगटेको देखिन्छ। तसर्थ, हाम्रो राजस्वको मुल स्रोत भनेको अायात गरिएको बस्तुमा लाग्ने राजस्व रहेछ। देशमा रहेका अान्तरिक कलकारखाना र अन्य अार्थिक गतिविधि धेरै भइरहेको भएपनि राजस्वमा योगदान किन कम देखिएको?

नेपाल सरकारले कच्चा पदार्थमा १% अथवा वस्तु अनुसार राजस्व कायम गरेको छ भने तयारी सामानमा प्रायः २०% अथवा वस्तु अनुसार धेरै राजस्व लगाउने गरेको छ। स्वदेशमा नै खपत हुने समान बनोस भन्ने हेतुले यो व्यवस्था लागू गरिएको हो। उदाहरणको लागि यदि कुनै तयारी वस्तुको मूल्य रु.१०० छ भने यसमा राजस्व २०% लाग्दा रु.१२० हुन अाउँछ। यद्यपि, यसको कच्चा पदार्थमा केवल १% लाग्छ यसरी हेर्दा स्वेदेशमा उत्पादित वस्तुको लागतमा पनि १९% को कमि मूल्य सामान्यतया हुने थियो। अायात प्रतिस्थापनको लागि दिइरहेको कर छुट वापत हामीले विदेशी वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्नु पर्ने हो किनकि १९% को Leverage स्वदेशी कम्पनीसँग रहिआएको छ!

परन्तु, यत्रो कर छुट पश्चात पनि हाम्रो देशमा स्वदेशी उत्पादन किन बढेन? यो कुराको पुष्टि भन्सार विभागको तथ्यांकले पनि गरेको छ किनभने यदि उत्पादन बढेको भए भन्सार विभागले राजस्वको करिब अाधा भाग ओगटेको हुने थिएन्!!

धन्यवाद!
जय नेपाल!!

No comments:

Post a Comment