Wednesday, 4 September 2019

नेप्से परिसूचक ३.८७ अंकले बढेर ११९४.७७ विन्दुमा, कारोबार रकम १४.५ प्रतिशतले कम

 १८ भदौं २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३.८७ अंक अर्थात ०.३२ प्रतिशतले बढेर ११९४.७७ विन्दुमा अडिएको छ। यस दिन १६८ कम्पनीको १४ लाख २२ हजार ११२ कित्ता ४३ करोड ६४ लाख ४४ हजार ६८८ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ७ करोड ४१ लाख अर्थात १४.५ प्रतिशतले कम भएको छ।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका ११ उपसूचकमध्य ८ सूचक सकारात्मक रहेका छन् भने बाँकी ३ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह २५.२ अंकले सबैभन्दा धेरै बढेको छ र १९.४५ अंकले उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ९ करोड ४१ हजार ८३९ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नेपाल बैंक लिमिटेड, नागरिक लगानी कोष, प्रभु बैंक, सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, शिवम् सिमेन्ट, कुमारी बैंक लिमिटेड र एनआईसी एशिया ले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमूल्यमा ९.२८ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः रिढी हाईड्रोपावरको ४.९४, कर्णाली विकास बैंकको ४.७६, नेशनल माइक्रोफाइनान्सको ४.३५, गुराँस लघुवित्तको ४.०३, गुराँस इन्स्योरेन्सको ३.९५, सिभिल लघुवित्तको ३.७३, युनियन पावर कम्पनीको ३.७०, मितेरी डेभलपमेन्ट बैंकको ३.४८ र अख्खुखोला जलविद्युतको ३.३९ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमूल्यमा ३.४२ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः श्रीजना फाइनान्स कम्पनीको ३.४०, युनाइटेड फाइनान्सको ३.२२, स्वाभिमान माइक्रोफाइनान्सको ३.२१, कमना सेवा विकास बैंकको २.६८, बुटबल पावर कम्पनीको २.५६, नेपाल इन्स्योरेन्स कम्पनीको २.४२, कालिका पावर कम्पनीको २.३८, मल्टीपर्पोज फाइनान्सको २.३२ र नेपाल एग्रोको २.२८ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment