Thursday, 5 September 2019

नेप्से परिसूचक ३.७० अंकले घटेर ११९१.०७ विन्दुमा, कारोबार रकममा ३३.५१ प्रतिशतको कमि

१९ भदौं २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ३.७० अंक अर्थात ०.३१ प्रतिशतले घटेर ११९१.०७ विन्दुमा अडिएको छ। यस दिन १६७ कम्पनीको ९ लाख ५७ हजार ८८१ कित्ता २९ करोड १ लाख ७७ हजार ३५७ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा ३३.५१ प्रतिशतको कमि आएको छ।

चित्र १ः नेप्से परिसूचक
कारोबारमा आएका ११ उपसूचकमध्य २ सूचक मात्र सकारात्मक रहेका छन् भने बाँकी ९ सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ०.१३ अंकले सबैभन्दा धेरै बढेको छ र ३६.११ अंकले होटेल समूह सबैभन्दा धेरै घटेको छ। 
चित्र २ः उपसमूह
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल लाइफको १ करोड ५१ लाख ९३ हजार ७४५ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः सिटीजन्स बैंक, एनआईसी एशिया, नागरिक लगानी कोष, प्रभु बैंक, शिखर इन्स्योरेन्स, अप्पी पावर, छिम्मेक लघुवित्त, सानिमा बैंक र नबिल बैंकले धेरै कारोबार गरेका छन्।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट आधिखोला लघुवित्तको शेयरमूल्यमा ९.७८ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः नेशनल माइक्रोफाइनान्सको ५.९७, एनआईसी ग्रोथ फण्डको ३.७९, दिव्येश्वरी हाईड्रोपावरको ३.३९, छ्याङ्दी हाईड्रोपावरको २.६०, नेपाल इन्स्योरेन्स कम्पनीको २.४८, कालिका पावर कम्पनीको २.४४, वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सको २.०६, सानिमा इक्विटी फण्डको १.९९ र सिटीजन्स म्युचल फण्डको १.९६ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, आजको बजारबाट अरुण काबेली पावरको शेयरमूल्यमा ६.९१ प्रतिशतले सबैभन्दा धेरै  ह्रास आएको छ। यस्तै, क्रमर्शः कर्णाली विकास बैंकको ४.५४, लक्ष्मी लघुवित्तको ३.८०, नाग्दी ग्रुप पावरको ३.७०, महिला सहयात्री माइक्रोफाइनान्सको ३.६, नेशनल हाईड्रोपावरको ३.४४, माउन्टेन हाईड्रोपावरको ३.३३, युनियन हाईड्रोपावरको ३.२२, एभरेष्ट इन्स्योरेन्सको २.९१, श्रीजना फाइनान्सको २.७४ प्रतिशतले शेयरमूल्य घटेका छन्।
चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment