Saturday, 28 December 2019

नेप्से परिसूचकमा एकै दिनमा १७.९५ अंकको बढोत्तरी; नेपाल बैंकको सबैभन्दा धेरै कारोबार (साप्ताहिक समिक्षा)

१२ पुष २०७६,
काठमाण्डौं, नेपाल।

यस लेखमा नेप्सेमा आएको परिवर्तन बारे जानकारी गरिनेछ। 
र, यो नितान्त शिक्षाको उदेश्यले निर्देशित भएर रचना गरिएको हो।

नेप्से गएको हप्ता ११६७.४२ को विन्दुमा बन्द भएको थियो। र, परिसूचकले एक हप्तामा १७.७२ अर्थात १.५५ प्रतिशतले बढेको थियो। त्यस हप्ता बजार ११४९.७० मा खुल्यो र कारोबारको दिनहरुमा परिसूचक अधिकतम ११७६.७० को विन्दुसम्म पुग्यो।

बितेका ३ दिन,बजारमा भाउ टिक्न नसकेको देखाउँछ। मैनबत्तीमा देख्न सकिन्छ बजार सोमबार परिसूचकमा एकै दिनमा १७.९५ अंकको बढोत्तरी भएको थियो। परन्तु, त्यतिमा बजार टिकेन।

चित्र १ः मैनबत्ती
मुभिङ एभरेजमा २० दिने औसत मूल्यरेखाभन्दा ५ दिने औसत मूल्यरेखा माथि रहेको छ। परिसूचक पनि ५ दिने रेखाभन्दा माथि रहेको छ।  र, परिसुचक आफ्नो बुलिस गतिमा कायमै छ।

चित्र २ः मुभिङ्ग एभरेज
आरएसआईले शेयर खरीदविक्री चापको संकेत गर्दछ । यो ६३ दशमलव ७३ विन्दुमा छ । यसलाई आधारमन्दा विक्रिको तुलनामा खरिद धेरै रहेको देख्न छ।
चित्र ३ः आरएसआई
भल्युमलाई आधार मानेर हेर्ने हो भने बेच्ने संख्यामा कमि आएको छ। 

चित्र ४ः भल्युम (मात्रा)
यस्तै, फिबोनाची रिट्रेसमेन्टबाट हेर्दा पनि नेप्सेको १३५० सम्म पछिको आउँने करेक्सन लेबल भन्दा परिसूचक तल संकेत देखाउँछ। ७८.६% भन्दा माथि परन्तु ६१.८% भन्दा मुनि कारोबार भइरहेकोले यसले बुलको बियरको बाहुलियता धेरै रेहेको संकेत गर्दछ।

चित्र ५ः फिबोनाची रिट्रेसमेन्ट
यस हप्ता उच्च खरिद गर्ने ब्रोकर नं.४४ रहेको छ। र, यस ब्रोकर मार्फत २२ करोड २ लाख ६४ हजार १०० बराबरको धितोपत्र खरिद भयो। 

चित्र ६ः उच्च ब्रोकरको २० खरिद
यस हप्ता उच्च विक्री गर्ने ब्रोकर नं.४९ रहेको छ। र, यस ब्रोकर मार्फत २५ करोड ८७ लाख बराबरको धितोपत्र विक्री भयो। 

चित्र ६ः उच्च ब्रोकरको २० विक्री
सन्दर्भ सामाग्रीः
नेप्से
ऐजेन्सी

धन्यवाद!
जय नेपाल!!













No comments:

Post a Comment