काठमाण्डौं, नेपाल।
संञ्चार माध्यमको रुपमा इन्टरनेट पनि एक अभिन्न अङ्ग भन्न थालेको छ। र, केबल टेलिफोनलाई मात्र संञ्चारको रुपमा हेर्न पनि मल्दैन्। त्यसैले यस लेखमा हामी टेलिफोन र इन्टरनेट दुबैको तथ्यलाई हेर्छौं।
गत वर्ष २०७५ असोजमा कुल टेलिफोन प्रयोगकर्ता ३ करोड ९८ लाख ५६ हजार ८ सय ४८ रहेको थियो । चालु आवको असाजसम्म यो संख्या बढेर ४ करोड २२ लाख ८६ हजार ९ सय ३२ पुगेको हो । गत वर्षको तुलनामा यो संख्यामा ६.१० प्रतिशतको बढोत्तरी भएको छ।
चित्र १ः हालको सेवा प्रादायकको अधारमा प्रयोगकर्ता |
टेलिफोन प्रयोगकर्तालाई फिक्स्ड, मोबाइल र अन्यमा वर्गीकरण गरिएको छ। चित्र २ मा हेर्न सकिन्छ नेपालका टेलिफोन प्रयोगकर्ताहरूः ९८.१% मोबाइल, १.८८% फिक्स्ड र ०.००६% अन्य माध्यमका रहेका छन्।
चित्र २ः टेलिफोनको प्रयोग माध्ययम |
यस अवधिसम्म आइपुग्दा नेपाल टेलिकमको २ करोड ३४ लाख ८ हजार ५ सय ६०, एनसेलको १ करोड ६८ लाख १ हजार ४१ र स्मार्टको २० लाख ७४ हजार ४ सय ४२ प्रयोगकर्ता रेहका छन्।
गत वर्ष २ करोड ६ लाख ९२ हजार ५५४ प्रयोगकर्ता नेपाल टेलिकमबाट सेवा प्राप्त गर्थे भने असोज महिनासम्म आइपुग्दा यस संख्यामा १३.१३ प्रतिशतले बढोत्तरी भएको छ।
यस्तै, एनसेल र स्मार्ट टेलिकमको प्रयोगकर्ता पनि क्रमर्शः २.४२ र ८.९९ प्रतिशतले बढेका छन्। गत वर्षको असोज महिनामा, एनसेलका १ करोड ६४ लाख ३ हजार ८ सय ८२ र स्मार्टका १९ लाख ३ हजार २ सय ५८ जना प्रयोगकर्ता रेहेका थिएँ।
|
|
यस अवधिमा एडिएसएलका प्रयोगकर्ता ४ हजार ६ सय ७१ जनाले मात्र बढेका छन् भने फाइबर चलाउनेको संख्या ५४.११ प्रतिशतले बढेका छन्। यस्तै, वाइम्याक्सका प्रयोगकर्ता जम्मा २ हजार ७४ जनाले बढेका छन्, इभडोका प्रयोगकर्ता ३१.६४ प्रतिशले घटेका छन भने फोर्जी प्रयोगकर्ता १२१.४७ प्रतिशतले बढेका छन्। एडिएसल, वाइम्याक्स, इभडो र थ्रीजी पुरानो प्रविधि भएका कारण द्रुतगतिमा नचल्ने, समस्या आइरहने र महंगो उपकरण जस्ता समस्याहरुले यस प्रविधितर्फ आकर्षण घट्दै गएको हो। यिनै कारणले नेपाल टेलिकमले वाइम्याक्स छिटो बन्द गर्दै छ।
|
हाल नेपालमा रहेका सेवा प्रदायकमध्य सबैभन्दा ठूलो वर्ल्डलिंक रहेको छ। वर्ल्डलिंकले ३५.३% बजार ओगटेको छ। यस्तै, नेपाल टेलिकमले २४.९, सुबिसू केबलनेटले ९.६, भायानेटले ८.३, क्लासिकटेकले ४.२, टेकमाइन्डले ३.४३, व्रोडलिंकले ३.०३, वेबसर्फरले १.९८, एरेनेटले १.०३ र अन्य साना कम्पनीहरुले ४.२२ प्रतिशत ओगटेका छन्।
|
गतवर्ष असोजसम्म आइपुग्दा, वर्ल्डलिंकले ४८.१, सुबिसू केबलनेटले ११.६, भायानेटले ११.५, क्लासिकटेकले ७.७, व्रोडलिंकले ५.३, टेकमाइन्डले ४.७, वेबसर्फरले २.९८, स्काइले १.१० र अन्य साना कम्पनीहरुले ६.२२ प्रतिशत ओगटेका छन्।
चित्र ७ः इन्टरनेट सेवा प्रदायकको बजार हिस्सा |
गत वर्ष २०७५ असोजमा जनसंख्याको १३६.०७ प्रतिशतले टेलिफोन र ५४.५ प्रतिशतले इन्टरनेट प्रयोग गर्दथे भने २०७६ असोजसम्म आईपुग्दा १४३.२७ प्रतिशतले टेलिफोन र ७०.४१ प्रतिशतले इन्टरनेट गर्छन्। टेलिफोनको प्रतिशत ठूलो हुनुको कारण एक व्यक्तिले एक वा बढी सिम प्रयोग गर्ने भएकोले पनि हो।
|
सन्दर्भ सामाग्रीः
- अन्य एजेन्सी
- एनसेल
- नेपाल दूरसञ्चार प्राधिकरण
- नेपाल दूरसञ्चार प्राधिकरण
- नेपाल टेलिकम
No comments:
Post a Comment