Tuesday, 14 January 2020

कुल गार्हस्थ्य उत्पादनसँग राजस्व परिचालन अनुपात स्थिर

२९ पुष २०७६,
काठमाडौं, नेपाल।

कुल गार्हस्थ्य उत्पादनमा कुल राजस्व अनुपात गत वर्ष २१.९१ प्रतिशतमै सिमित रहेको छ। आ.व. २०७४/७५ मै २१.९१ प्रतिशत पुगेको यो अनुपात; स्वदेशी बजारमा आएको मन्दीले सुधार नभएको हो।

नेपालमा आधुनिक कर प्रणालीको थालनी वर्ष २०५८/५९ लाई लिने हो भने सुरुका वर्षमा कुल गार्हस्थ्य उत्पादनको मूल्यमा कुल राजस्व असुलीको अनुपात ११ प्रतिशत रहेको थियो। यसै क्रममा आर्थिक क्रियाकलापमा भएको वृद्धि सँगसँगै आ.व. २०६६/६७ मा १५.३ प्रतिशत रहन गएको देखिन्छ। त्यस्तै, आ.व. २०६८/६९ मा यस प्रवृत्तिमा उल्लेखनीय सुधार भई यो अनुपात १५.७ प्रतिशत रहन गएको देखिन्छ। आ.व. २०६९/७० मा १७.५ प्रतिशत रहन गएको अनुपात आ.व. २०७०/७१ मा १८.५ प्रतिशत रहन गएको देखिन्छ।
आ.व. २०७१/७२ मा कुल गार्हस्थ्य उत्पादनमा राजस्वको योगदान २१.४३ प्रतिशत रहेको छ भने आ.व. २०७५/७६ सम्म आईपुग्दा यो २४.८१ प्रतिशत पुगेको छ।

आ.व. २०६७/६८ मा कुल गार्हस्थ्य उत्पादनमा करको अनुपात १३.६ प्रतिशत रहन गएको देखिन्छ। आ.व. २०६९/७० मा १५.३ प्रतिशत रहन गएको अनुपात आ.व. २०७०/७१ मा १६.१ प्रतिशत रहन गएको देखिन्छ।
आ.व. २०७२/७३ मा यस प्रवृत्तिमा उल्लेखनीय सुधार भई कुल गार्हस्थ्य उत्पादनमा करको योगदान २१.०६ प्रतिशत रहेको छ भने आ.व. २०७५/७६ सम्म आईपुग्दा यो २१.९१ प्रतिशत पुगेको छ।

Year2066/672067/682068/692069/702070/712071/722072/732073/742074/752075/76
Ratio of Tax Revenue - GDP13.312.613.215.316.116.7518.8521.0621.9121.91
Ratio of Total Revenue - GDP15.314.615.717.518.519.121.4323.4424.3424.81




विगत १० वर्षको तथ्यांकलाई वोश्लेषण गर्दा आ.व. २०६६/६७ मा कुल गार्हस्थ्य उत्पादनमा करको अनुपात १३.३ प्रतिशत र कुल राजस्वको अनुपात १४.६ प्रतिशत रहेकोमा आ.व. २०७५/७६ मा सो अनुपात क्रमर्शः २१.९१ र २४.८१ रहेको छ। यो तथ्यांक हेर्दा क्रमर्श कर राजस्व स्थिर रहेको छ भने गैर करको कुल गार्हस्थ्य उत्पादन अनुपात बढ्दै गएको छ ।


सन्दर्भ सामाग्रीः
- आन्तरिक राजस्व विभाग, ' वार्षिक प्रतिवेदन २०७५/७६', अर्थ मन्त्रालय, नेपाल सरकार ।
-अन्य एजेन्सी

No comments:

Post a Comment