काठमाडौं, नेपाल।
कुल गार्हस्थ्य उत्पादनसँग मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क परिचालन बढ्दै गएको छ।
नेपालमा आधुनिक कर प्रणालीको थालनी वर्ष २०५८/५९ लाई लिने हो भने सुरुका वर्षमा कुल गार्हस्थ्य उत्पादनको मूल्यमा मुल्य अभिवृद्धि कर संकलन असुलीको अनुपात १.१ प्रतिशत रहेको थियो। यसै क्रममा आर्थिक क्रियाकलापमा भएको वृद्धि सँगसँगै आ.व. २०६६/६७ मा ४.६ प्रतिशत रहन गएको देखिन्छ। त्यस्तै, आ.व. २०७०/७१ मा यस प्रवृत्तिमा उल्लेखनीय सुधार भई यो अनुपात ५.२ प्रतिशत रहन गएको देखिन्छ। आ.व. २०७३/७४ मा ६.१७ प्रतिशत रहन गएको अनुपात आ.व. २०७५/७६ सम्म आईपुग्दा यो ६.९७ प्रतिशत पुगेको छ।
यसैगरी उपभोगमा आधारित अन्तःशुल्कको अनुपात पनि शुरुको आधार वर्षमा तत्कालको बिक्री करको हाराहारीमा रहेको भएतापनि नेपाल विश्व व्यापार संगठनको सदस्यता प्राप्त गरी भन्सार राजस्वको न्यूनता परिपूर्ति गर्न थप क्षेत्रमा यस करको करारोपण गर्न थालिएपछि अन्तःशुल्कको राजस्वमा योगदानको अनुपातमा पनि क्रमर्शः वृद्धि हुदै आ.व. २०७०/७१ सम्म आईपुग्दा अन्तःशुल्कको योगदान कुल गार्हस्थ्य उत्पादनसँगको २.४ प्रतिशत रहेकोमा आ.व. २०७१/७२ मा २.५२, आ.व. २०७२/७३ मा ३.०९, आ.व. २०७३/७४ मा ३.२६, आ.व. २०७४/७५ मा ३.४१ र आ.व. २०७५/७६ मा ३.५२ प्रतिशत पुगेको छ।
विगत १० वर्षको तथ्यांकलाई वोश्लेषण गर्दा कर राजस्व प्रत्येक क्षेत्रको योगदान बढ्दै गएको छ। करदाताको कर परिपालनामा भएको वृद्धि, कर कानुनको प्रभावकारी कार्यान्वयन, नीतिगत क्षेत्रमा भएका सुधार जस्ता कारकहरुले कुल गार्हस्थ्य उत्पादनमा कर राजस्वको अनुपात बढेको छ।
सन्दर्भ सामाग्रीः
- आन्तरिक राजस्व विभाग, ' वार्षिक प्रतिवेदन २०७५/७६', अर्थ मन्त्रालय, नेपाल सरकार ।
- अन्य एजेन्सी
No comments:
Post a Comment