काठमाणडौं, नेपाल।
सन् २०१९ सालमा नेप्से परिसूचक घटेपनि अन्य सूचक सकारात्मक रेहको छ। परिसूचक यस वर्ष १.७९ प्रतिशतले घटेको छ।
अघिल्लो वर्ष २०१८ मा ११८७.२८ विन्दुमा रहेको नेप्से २०१९ को अन्त्यसम्म आउँदा १.७९ अर्थात २१.२५ अंकले घटेको छ।
सोही अवधिमा, शेयरबजारको पूँजीकरण १४ खर्ब २२ अर्ब १० करोड रुपैयाँबाट ६४ अर्ब २० करोड अर्थात ४.५२ प्रतिशतले बढेर १४ खर्ब ८६ अर्ब ३० करोड पुगेको छ।
यस्तै, कारोबार रकम पनि ९३ अर्ब ३२ करोड ८० लाख रुपैयाँबाट १४ अर्ब ९ करोड अर्थात १५.१० प्रतिशतले सुधार भएर एक खर्ब ७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा १६७ कम्पनीका ३७ करोड ८२ लाख ८० हजार कित्ता शेयर कारोबार भएका थियो। यो अघिल्लो वर्षको तुलनामा ३४.७४ प्रतिशतले धेरै हो।
यस्तै, कारोबार संख्या पनि ३८.७९ प्रतिशत अर्थात ४ लाख ४५ हजार ३ सय पटकले बढेर १५ लाख ९३ हजार ४०० पुगेको छ। सन् २०१८ मा ११ लाख ४८ हजार पटक मात्र शेयर कारोबार भएको थियो।
सन्दर्भ सामग्रीः
- नेप्से
No comments:
Post a Comment