काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक २.७९ अंक अर्थात ०.२१ प्रतिशतले बढेर १३४४.१६ विन्दुमा अडिएको छ। यस दिन १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता १ अर्ब ५० करोड ९७ लाख ८४ हजार ३११ रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ८ सूचक सकारात्मक रहेका छन् भने बाँकी ४ सूचक नकारात्मक रहेका छन्। यस दिन माइक्रोफाइनान्स समूह ५१.१३ अंकले सबैभन्दा धेरै बढेको छ र २९.५३ अंकले उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ५३ लाख ३१ हजार ८७० रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः नागरिक लगानी कोष, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, स्वोरोजगार लघुवित्त, एनएमबी बैंक, लुम्बिनी जेनरल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, स्वाबलम्बन लघुवित्त, निको इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट सेन्ट्रल फाइनान्स कम्पनीको शेयरमूल्यमा ९.९३ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः गुराँस लघुवित्तको ९.१८, स्पर्श लघुवित्तको ९.१४, कालिका पावर कम्पनीको ८.०८, लक्ष्मी लघुवित्तको ७.२५, नागरिक लगानी कोषको ६.७३, गणपत्ति माइक्रोफाइनान्सको ६.३५, नेपाल हाईड्रो डेभलपर्सको ६.२०, कोर्पोरेट डेभलपमेन्ट बैंकको ६.१५ र साना किसान विकास बैंकको ६.०८ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट ज्योति विकास बैंकको शेयरमूल्यमा ४.१० प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः युनाइटेड मोदी हाईड्रोपावरको ३.५३, बरुण हाईड्रोपावरको ३.०३, नेपाल फाइनान्स कम्पनीको २.९६, जानकी फाइनान्सको २.७३, हिमालयन उर्जाको २.७२, प्रोग्रोशिभ फाइनान्सको २.६३, सिभिल लघुवित्तको २.४९, पोखरा फाइनान्सको २.४८ र सनराइज बैंकको २.४ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment