काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक १.३९ अंक अर्थात ०.१० प्रतिशतले घटेर १३४४.५९ विन्दुमा अडिएको छ। यस दिन १७२ कम्पनीको ३७ लाख २० हजार ०९२ कित्ता १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७४६ रुपैयाँमा कारोबार भएको छ। हिजोको तुलनामा कारोबार रकममा १३ करोडको कमि भएको हो।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ७ सूचक सकारात्मक रहेका छन् भने ५ सूचक नकारात्मक रहेका छन्। यस दिन जीवन बीमा समूह १०२.७४ अंकले सबैभन्दा धेरै बढेको छ र ३१.४३ अंकले होटेल समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड ४६ हजार ६४१ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिवम् सिमेन्ट, एसियन लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष,एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, निको इन्स्योरेन्स, स्वोरोजगार लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स र छिम्मेक लघुवित्तले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट गणपत्ति माइक्रोफाइनान्सको शेयरमूल्यमा ९.९३ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः हिमालयन डिष्टिलरी लिमिटेडको ९.९३, राधी जलविद्युतको ६.८०, एनएलजी इन्स्योरेन्सको ६.७१, महिला सहयात्री माइक्रोफाइनान्सको ५.६२, तारागाउँ रेजेन्सी होटेलको ५.४२, वोमी माइक्रोफाइनान्सको ५.३३, सानिमा इक्विटी फण्डको ५.११, विशाल बजार कम्पनीको ४.८२ र नेपाल फाइनान्सको ४.५८ प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट नेपाल हाईड्रो डेभलपर्सको शेयरमूल्यमा ५.१० प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः ओरियन्टल होटेलको ४.९२, कालिका पावर कम्पनीको ४.६७, लक्ष्मी म्युचल फण्डको ३.७२, नेपाल हाईडपावर कम्पनीको ३.४४, तिनाउँ मिसन डेभलपमेन्ट बैंकको ३.१७, कोर्पोरेट डेभलपमेन्ट बैंकको २.८९, ग्रिन डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको २.७७ र सप्तकोशी डेभलपमेन्ट बैंकको २.६४ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment