काठमाण्डौं, नेपाल।
नेप्से परिसूचक ७३.७८ अंक अर्थात ५.४७ प्रतिशतले बढेर १४२३.०९ विन्दुमा अडिएको छ। यस दिन १८० कम्पनीको ५६ लाख २६ हजार ८१२ कित्ता २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० रुपैयाँमा कारोबार भएको छ।
![]() | |
|
कारोबारमा आएका १२ उपसूचकमध्य ११ सूचक सकारात्मक रहेका छन् भने बाँकी एक सूचक नकारात्मक रहेको छ। यस दिन निर्जीवन बीमा समूह ७.५८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र ०.७५ प्रतिशतले म्युचल फण्ड समूह सबैभन्दा धेरै घटेको छ।
![]() | |
|
कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ६६ लाख ४९ हजार १४१ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः एनआईसी एशिया, एनएमबी बैंक, हिमालयन डिष्टिलरी, नबिल बैंक, शिवम् सिमेन्ट, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र शिखर इन्स्योरेन्सले धेरै कारोबार गरेका छन्।
![]() | |
|
यस दिनको बजारबाट एभरेष्ट इन्स्योरेन्स कम्पनी को शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः स्वाभिमान लघुवित्त, सल्ट ट्रेडिङ्ग कोर्पोरेसन र लक्ष्मी लघुवित्तको १०, निको इन्स्योरेन्सको ९.९८, सबैको लघुवित्तको ९.९३, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त र शिवम् सिमेन्ट ९.९१ र महिला सहयात्रीको ९.९० प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।
![]() | |
|
उता, आजको बजारबाट हिमाल दोलखा हाईड्रोपावरको शेयरमूल्यमा ९.३४ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः नेपाल फाइनान्सको ७.२८, खानीखोला हाईड्रोपावरको ५.०८, एनआईबिएल समृद्धि फण्ड-१ को ४.१०, एनआईसी ब्यालेन्स फण्डको २.७६, एनएमबी हाईब्रिड फण्ड-१ को २.१६, बरुण हाईड्रोपावरको २.०८, नबिल ब्यालेन्स फण्ड-२ को १.९१, एनआईबिएल प्रगति फण्डको १.७८ र नेशनल माइक्रोफाइनान्सको १.७५ प्रतिशतले शेयरमूल्य घटेका छन्।
![]() | |
|
सन्दर्भ सूचीः
नेप्से
धन्यवाद!
जय नेपाल!!!
No comments:
Post a Comment