Thursday, 12 March 2020

नेप्से परिसूचक ४५.९१ अंकले घटेर १३७७.१८ विन्दुमा, कारोबार रकम कत्ति?

 २०७६,
काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक ४५.९१ अंक अर्थात ३.२३ प्रतिशतले घटेर १३७७.१८ विन्दुमा अडिएको छ। यस दिन १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता २ अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ रुपैयाँमा कारोबार भएको छ।

चित्र १ः नेप्से परिसूचक

कारोबारमा आएका १२ उपसूचकमध्य सबै सूचक नकारात्मक रहेका छन्। यस दिन निर्जीवन बीमा समूह ५.०१ प्रतिशतले सबैभन्दा धेरै घटेको छ र १.४२ प्रतिशतले ट्रेडिङ्ग समूह सबैभन्दा कम घटेको छ। 

चित्र २ः उपसमूह

कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ८२ लाख १५ हजार ४६८ रुपैयाँ बराबरको शेयर खरिदविक्री भएको छ। क्रमर्शः एनआईसी एशिया बैंक, एनएमबी बैंक, शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी लिमिटड, नेपाल बैंक लिमिटेड, वोमी लघुवित्त, ग्लोबल आइएमई बैंक र नागरिक लगानी कोष 
ले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी

यस दिनको बजारबाट श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको शेयरमूल्यमा २.४८ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः सिद्धार्थ बैंक ऋणपत्र २०८२को १.९८, दिव्येश्वरी हाईड्रोपावर र नबिल व्यालेन्स फण्डको १.९६, महिला सहयात्री माइक्रोफाइनान्सको १.७०, सेन्ट्रल फाइनान्सको १.५०, नबिल इक्विटी फण्डको १.६०, एनआइबिएल प्रगति फण्डको ०.४८ र एनआईसी एशिया ग्रोथ फण्डको ०.११
 प्रतिशतले कमर्श शेयरमूल्य वृद्धि भएका छन्।

चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, आजको बजारबाट स्वाभिमान लघुवित्त
को शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः राडी जलविद्युतको ९.५२, हिमाल दोलखा हाईड्रोपावरको ९.२७, बोटलर्स नेपाल तराईको ८.४५, स्पर्श लघुवित्तको ८.०५, आएमई जेनरल इन्स्योरेन्सको ७.१९, नेपाल फाइनान्स, खानीखोला हाईड्रोपावर र सिन्धु विकास बैंकको ७.१४ र आरएमडिसी लघुवित्तको ६.९० प्रतिशतले शेयरमूल्य घटेका छन्।

चित्र ५ः नकरात्मक रहेका कम्पनी

सन्दर्भ सूचीः
नेप्से


धन्यवाद! 

जय नेपाल!!!

No comments:

Post a Comment