Saturday, 9 May 2020

फोर्जी प्रयोगकर्ता ८९.४७ प्रतिशतले बढे; जनसंख्यामा १४५.९० प्रतिशतको घनत्व

२७ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

संञ्चार माध्यमको रुपमा इन्टरनेट पनि एक अभिन्न अङ्ग भन्न थालेको छ। र, केबल टेलिफोनलाई मात्र संञ्चारको रुपमा हेर्न पनि मल्दैन्। त्यसैले यस लेखमा हामी टेलिफोन र इन्टरनेट दुबैको तथ्यलाई हेर्छौं।

गत वर्ष २०७५ पौषमा कुल टेलिफोन प्रयोगकर्ता ३ करोड ९९ लाख ६५ हजार १ सय ४३ रहेको थियो । चालु आवको पौषसम्म यो संख्या बढेर ४ करोड ३० लाख ६० हजार ६ सय ८० पुगेको हो । गत वर्षको तुलनामा यो संख्यामा ७.७५ प्रतिशतको बढोत्तरी भएको छ।

चित्र १ः हालको सेवा प्रादायकको अधारमा प्रयोगकर्ता



टेलिफोन प्रयोगकर्तालाई फिक्स्ड, मोबाइल र अन्यमा वर्गीकरण गरिएको छ। चित्र २ मा हेर्न सकिन्छ नेपालका टेलिफोन प्रयोगकर्ताहरूः ९८.१% मोबाइल, १.८३% फिक्स्ड र ०.००६% अन्य माध्यमका रहेका छन्।

चित्र २ः टेलिफोनको प्रयोग माध्ययम

यस अवधिसम्म आइपुग्दा नेपाल टेलिकमको २ करोड ३८ लाख ४९ हजार २ सय ७५, एनसेलको १ करोड ७१ लाख १८ हजार १६३ र स्मार्टको २० लाख ९० हजार ३ सय ३७ प्रयोगकर्ता रेहका छन्। 

गत वर्ष २ करोड १२ लाख ९४ हजार ७ सय ८९ प्रयोगकर्ता नेपाल टेलिकमबाट सेवा प्राप्त गर्थे भने पौष महिनासम्म आइपुग्दा यस संख्यामा १२ प्रतिशतले बढोत्तरी भएको छ।

यस्तै, एनसेल र स्मार्ट टेलिकमको प्रयोगकर्ता पनि क्रमर्शः ४.५३ र ६.४५ प्रतिशतले बढेका छन्। गत वर्षको पौष महिनामा, एनसेलका १ करोड ६३ लाख ७६ हजार ९ सय ८ र स्मार्टका १९ लाख ६३ हजार ६ सय ६६ जना प्रयोगकर्ता रेहेका थिएँ।

चित्र ३ः सेवा प्रदायकहरूको आधारमा प्रयोगकर्ता

नेपालमा इन्टरनेट प्रयोगकर्तालाई फिक्स्ड (तार), फिक्स्ड (ताररहित) र मोबाइलमा वर्गीकरण गरिएको छ। चित्र ४ मा हेर्न सकिन्छ, नेपालमा इन्टरनेट प्रयोगको प्रमुख माध्यम मोबाइल मार्फत रहेको छ। ७६.६% ले मोबाइल, २२.३% फिक्स्ड र १.१% ताररहित माध्यम प्रयोग गर्ने गरेका छन्।

चित्र ४ः इन्टरनेटको प्रयोग माध्ययम

गत वर्ष, कुल इन्टरनेट प्रयोगकर्ता १ करोड ६६ लाख १२ हजार २ सय ११ रहेका थिएँ । चालु आवको पौषसम्म यो संख्या बढेर २ करोड १२ लाख ९८ हजार ११ पुगेको हो । यो १२ महिनामा इन्टेरनेट ग्रहकको संख्यामा २८.२१ प्रतिशतले वृद्धि भएको हो। 

यस अवधिमा एडिएसएलका प्रयोगकर्ता ४७ हजार ६ सय ३३ जनाले घटेका छन् भने फाइबर चलाउनेको संख्या ६८.८० प्रतिशतले बढेका छन्। यस्तै, वाइम्याक्सका प्रयोगकर्ता जम्मा १ हजार ८ सय १० जनाले बढेका छन्। फोर्जी प्रयोगकर्ता ८९.४७ प्रतिशतले बढेका छन्। एडिएसल, वाइम्याक्स, इभडो र थ्रीजी पुरानो प्रविधि भएका कारण द्रुतगतिमा नचल्ने, समस्या आइरहने र महंगो उपकरण जस्ता समस्याहरुले यस प्रविधितर्फ आकर्षण घट्दै गएको हो। यिनै कारणले नेपाल टेलिकमले वाइम्याक्स छिटो बन्द गर्दै छ। 

चित्र ५ः इन्टरनेट प्रयोगकर्ता

गतवर्ष मंसिरसम्म आइपुग्दा, वर्ल्डलिंकले ४८.७, सुबिसू केबलनेटले ११.७, भायानेटले ११.४, क्लासिकटेकले ८.१, टेकमाइन्डले ५.०, व्रोडलिंकले ४.९, वेबसर्फरले २.९३, स्काइले १.०२ र अन्य साना कम्पनीहरुले ४.१७ प्रतिशत ओगटेका छन्।

चित्र ६ः गत वर्षको इन्टरनेट सेवा प्रदायकको बजार हिस्सा
हाल नेपालमा रहेका सेवा प्रदायकमध्य सबैभन्दा ठूलो वर्ल्डलिंक रहेको छ। वर्ल्डलिंकले ३५.७% बजार ओगटेको छ। यस्तै, नेपाल टेलिकमले २३.५, सुबिसू केबलनेटले १०, भायानेटले ९.३, क्लासिकटेकले ८, टेकमाइन्डले ३.७५, व्रोडलिंकले २.९२, वेबसर्फरले १.९२, एरेनेटले ०.०६ र अन्य साना कम्पनीहरुले ३.९५ प्रतिशत ओगटेका छन्। 

चित्र ७ः इन्टरनेट सेवा प्रदायकको बजार हिस्सा


गत वर्ष २०७५ पौषमा जनसंख्याको १३६.४४ प्रतिशतले टेलिफोन र ५६.७१ प्रतिशतले इन्टरनेट प्रयोग गर्दथे भने २०७६ पौषसम्म आईपुग्दा १४५.९० प्रतिशतले टेलिफोन र ७२.१६ प्रतिशतले इन्टरनेट प्रयोग गर्छन्। टेलिफोनको प्रतिशत ठूलो हुनुको कारण एक व्यक्तिले एक वा बढी सिम प्रयोग गर्ने भएकोले पनि हो।

चित्र ८ः जनसंख्याको प्रतिशतको आधारमा टेलिफोन र इन्टरनेट घनत्व

नेपाल ९८.२ प्रतिशत व्यक्ति मोबाइलको प्रयोग गर्ने हुँदा; मोबाइल आम मानिसको जीवनको पहिले प्रथमिकतामा रहेको बुझ्न सकिन्छ। यस एक वर्षको अवधिमा टेलिफोन प्रयोगकर्ता ७.७५ र इन्टरनेट प्रयोगकर्ता २८.२१ प्रतिशतले बढेका छन्। यस्तै, फोर्जी प्रयोगकर्ता ८९.४७ प्रतिशतले बढेका छन् भने एडिएसल, वाइम्याक्स, इभडो र थ्रीजी पुरानो प्रविधि भएका कारण द्रुतगतिमा नचल्ने, समस्या आइरहने र महंगो उपकरण जस्ता कारणहरुले यस प्रविधितर्फ आकर्षण घट्दै गएको छ। इन्टेरनेट प्रयोगकर्ताको २८ प्रतिशतको बढोत्तरी यस तर्फको आकर्षणलाई बताउँछ। र, आगामि दिनमा पनि टेलिफोन प्रयोगकर्ताको वृद्धिदरको तुलनामा इन्टरनेट प्रयोगकर्ताको वृद्धिदर धेरै रहेने संकत गर्दछ। यही एक वर्षको अवधिमा यस २८ प्रतिशतको वृद्धिको फाइदा लिनको लागि इन्टरनेट सेवा प्रदायकहरु बिचको प्रतिस्पर्दा चर्को रहेकोले यीनका बजार हिस्सा भने घटेको हो। परन्तु, बजारको आकार भने बढेकै अवस्था छ।


सन्दर्भ सामाग्रीः
- अन्य एजेन्सी
- एनसेल
- नेपाल दूरसञ्चार प्राधिकरण
- नेपाल टेलिकम



No comments:

Post a Comment