काठमाडौं, नेपाल।
बन्नु छ ठूलो मान्छे,
सायद, भाग्य राम्रो भए!
कमाउनु छ अथाह,
सायद, भाग्य राम्रो भए!!
चढ्नु छ ल्यामबोरगिनी,
सायद, भाग्य राम्रो भए!
किन्नु छ बालुवाटारमा घर,
सायद, भाग्य राम्रो भए!!
मैका मिले गर्नु छ देशको सेवा,
सायद, भाग्य राम्रो भए!
पाइएला टिकट पैसा बिना,
सायद, भाग्य राम्रो भए!!
बनिएला मन्त्री; गइएला सिंह दरबार,
सायद, भाग्य राम्रो भए!
मनमा आगो बिना कसरी पुरा होला सपना?,
सायद, भाग्य राम्रो भए!!🤣
No comments:
Post a Comment