Thursday, 3 September 2020

नेप्से परिसूचक २५.५८ अंकले बढेर १५१०.५७ विन्दुमा, कारोबार रकम कत्ति?

  १७ भदौ २०७७,

काठमाण्डौं, नेपाल।


नेप्से परिसूचक  २५.५८ अंक अर्थात १.७२ प्रतिशतले बढेर १५१०.५७ विन्दुमा अडिएको छ। यस दिन १८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता ४ अर्ब १८ करोड ३६ हजार ११५ रुपैयाँमा कारोबार भएको छ। 


चित्र १ः नेप्से परिसूचक


कारोबारमा आएका १२ उपसूचकमध्य १० सूचक सकरात्मक रहेका छन् भने बाँकी २ सूचक मात्र नकारात्मक रहेको छ। यस दिन ट्रेडिङ्ग समूह १.७७ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र १.६७ प्रतिशतले निर्जीवन बीमा समूह सबैभन्दा धेरै घटेको छ।

चित्र २ः उपसमूह


कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ६७ करोड ४२ लाख ४२ हजार २५४  रुपैयाँ बराबरको  शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिखर इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, निको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स नेपाल, एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी लिमिटेड र नेपाल बैंक लिमिटेडले धेरै कारोबार गरेका छन्।


चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः जोशी हाईड्रोपावर, रिडी हाईड्रोपावर, युनियन हाईड्रोपावर, अप्पि पावर, न्याग्दी ग्रुप पावर लिमिटेड, राधी विद्युत कम्पनी र अरुण भ्याली हाईड्रोपावरको १०, चिलिमे हाईड्रोपावरको ९.९८ र उन्नति सहकारी लघुवित्तको ९.९७ प्रतिशतले क्रमर्श शेयरमूल्यहरु वृद्धि भएका छन्।


चित्र ४ः सकारात्मक रहेका कम्पनी


उता, आजको बजारबाट प्रभु इन्स्योरेन्सको शेयरमूल्यमा ४.४१ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः प्रुडेन्सियल इन्स्योरेन्सको ४.०१, मल्टीपर्पोज फाइनान्सको ३.७०, सगरमाथा इन्स्योरेन्सको ३.४८, सूर्य लाइफ इन्स्योरेन्सको ३.४४, लुम्बिनी जेनरल इन्स्योरेन्सको ३.३६, नेपाल फाइनान्सको ३.२८, निको इन्स्योरेन्सको ३.२६, प्रिमियर इन्स्योरेन्सको ३.२३ र एशियन लाइफ इन्स्योरेन्सको २.९६ प्रतिशले शेयरमूल्यहरु घटेका छन्।

चित्र ४ः नकारात्मक रहेका कम्पनी



सन्दर्भ सूचीः

नेप्से


धन्यवाद!

जय नेपाल!!


No comments:

Post a Comment