Thursday, 3 September 2020

नेप्से परिसूचकमा झिने अंकको गिरावट, कारोबार रकम कत्ति?

१८ भदौ २०७७,

काठमाण्डौं, नेपाल।

नेप्से परिसूचक  ०.१५ अंक अर्थात ०.०१ प्रतिशतले घटेर १५१०.४२ विन्दुमा अडिएको छ। यस दिन १८६ कम्पनीको ९३ लाख २ हजार ९७० कित्ता २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार २ सय ३१ रुपैयाँमा कारोबार भएको छ। 

चित्र १ः नेप्से परिसूचक


कारोबारमा आएका १२ उपसूचकमध्य ७ सूचक सकरात्मक रहेका छन् भने बाँकी ५ सूचक नकारात्मक रहेको छ। यस दिन होटेल समूह २.१ प्रतिशतले सबैभन्दा धेरै बढेको छ र २.२६ प्रतिशतले हाईड्रोपावर समूह सबैभन्दा धेरै घटेको छ।

चित्र २ः उपसमूह


कारोबार रकमको दृष्टिबाट सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड ५७ लाख ७ हजार २३८  रुपैयाँ बराबरको  शेयर खरिदविक्री भएको छ। क्रमर्शः शिखर इन्स्योरेन्स कम्पनी, निको इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, अरुण काबेली, नेपाल लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, माथिल्लो तामाकोशी, नेशनल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकले धेरै कारोबार गरेका छन्।

चित्र ३ः धेरै कारोबार भएका कम्पनी


यस दिनको बजारबाट उन्नति सहकारी लघुवित्तको शेयरमूल्यमा ९.९२ प्रतिशतले सबैभन्दा धेरै वृद्धि भएको छ। यस्तैः अरुण काबेलीको ९.८७, एनआरएनको ९.८२, जोशी हाईड्रोपावरको ९.०९, घलाम्दी हाईड्रोपावरको ७.४६, आशा लघुवित्तको ६.१८, माल्टीपर्पोज फाइनान्सको ५.७७, नेपाल टेलिकमको ४.७९, पञ्चकन्यामाई हाईड्रोपावरको ४.३० र नबिल ब्यालेन्स फण्ड २ को ३.९८ प्रतिशतले क्रमर्श शेयरमूल्यहरु वृद्धि भएका छन्।

चित्र ४ः सकारात्मक रहेका कम्पनी


उता, आजको बजारबाट पाँचथर पावर कम्पनीको शेयरमूल्यमा ६.९९ प्रतिशतले सबैभन्दा धेरै ह्रास आएको छ। यस्तै, क्रमर्शः हिमालयन पावर पार्टनरको ६.२१, न्याग्दी ग्रुप पावरको ५.५९, जलविद्युत लगानी तथा विकास कम्पनीको ५.१९, सानिमा हाईड्रोपावर र कालिका पावर कम्पनीको ४.७६, रैंराङ्ग हाईड्रोपावरको ४.३१, बुटवल पावर कम्पनीको ४.०१, सञ्जेन जलविद्युत कम्पनीको ३.८५ र अप्पि पावरको ३.७९ प्रतिशले शेयरमूल्यहरु घटेका छन्।

चित्र ४ः नकारात्मक रहेका कम्पनी


सन्दर्भ सूचीः

नेप्से


धन्यवाद!

जय नेपाल!!


No comments:

Post a Comment