"बाबु ट्याक्सी अायो!"
"हस् हस्।"
"हस् हस्।"
दिसा २-३ पटक लागेकाले लुगा अलि भिजिसकेको लाग्यो र अर्को change गर्न थाले। तर, मेरो ट्रयाक सुट दराजमा थिएन्।
"अोए, कान्छा मेरो ट्रयाक ल्याइदे त। माथि होला", भनेर भार्इलार्इ अराए।
"हस", भन्दै कुद्यो।
" म मात्रै गएर हुनेभएको, त जान्थेँ। उ सधैं अाफ्नै तालमा काम गर्छ", भनेर बाहिरबाट भरिभराऊदै हुनुहुन्थ्यो अामा।
भाइले ट्रयाक ल्यायो;चेन्ज गरे। र, ट्याक्सी तर्फ लम्के।
"हस", भन्दै कुद्यो।
" म मात्रै गएर हुनेभएको, त जान्थेँ। उ सधैं अाफ्नै तालमा काम गर्छ", भनेर बाहिरबाट भरिभराऊदै हुनुहुन्थ्यो अामा।
भाइले ट्रयाक ल्यायो;चेन्ज गरे। र, ट्याक्सी तर्फ लम्के।
ट्याक्सीमा भने चालक लामा दार्इसँग भेट भयो। उनका तिन छोरी र एउटा छोरा रहेछन् । तिनै जनाको विहे भैसकेको रहेछ र सानो फुच्चे ५ मा पढ्दै रहेछ। मलाई भने मनमनै लाग्यो कि छोरी र छोराको बिचमा धेरै ग्याप छ जस्तो छ! के बुढेसकालमा लाठी हुन्छ भनेरै जन्माएका होलान त? तर, अाजको एकाइसौं सताब्दीमा पनि यसो गर्लान् त ? यदि हो भने जब त्यो बालक ठूलो हुनेछ उ माथि कत्ति प्रेसर थप्ने होलान् बुढाले; अाखिर एउटा मात्र होला अाशाको त्यान्द्रो! साँचो कुरा के हो उनले नै जानुन्! त्यतिकैमा ब्रेक लाग्यो। हामी नर्भिकको फार्मेसी अगाडि रेकियौं। भाडा ६०० तिर्यौं र ६ तल्ला तर्फ लाग्यौं।
Waiting area को कुर्सीमा बसेर फोन चलाइरहेको थिँए। मेरो अाँखा छेउमा बसेको केटो तर्फ जुद्यो। उहाँले हेरिरहनुभएको रहेछ। मलार्इ भने यसरी हेरिराखेको मनै पर्दैन। यसरी हेर्नेहरू अर्काको कुरामा चासो दिइरहेका र टाइम वेस्ट गरिरहेका झौं लाग्छ । मनमनै सोचें यदि मेरो पेट नदुखेको भए र Focus गर्न सकेको भए कति वटा पत्रिकाका लेख पढ्थें।
"रूपेश भण्डारी", भन्दै निलो लुगा लगाएकी दिदी ढोका बाट बोलाउनुभयो।
हामी भीत्र पस्यौं। उहाँको पछि लाग्दै Preparation Room मा पस्यौं। त्यहाँ दुइवटा बेड, बाथरूम र एउटा सिंक थियो। बेडमा बसे। बिहानबाट केही नखाएर होला शरीर सिथिल र कामिरहेको थियो।
" अब म हजुरको veins खोल्छु है", भन्दै निलो रंगको कपडा लगाएको पुरूष छिरे।
मैले उनको नेम प्लेटमा अाँखा लगाए त्याहाँ लेखिएको थियो " सागर मगर"। उनले हातमा clamp बादे र मुठ्ठी खोल्न र बन्द गर्न अराए। मैले भने बमोजिम गरे।
"You know the drill" भन्दै मुस्कुराए।
मैले मुन्टो हल्लाएर सहमति जनाए। चस्स गोच्यो; हेर्दा खेर cannula insert भइसकेछ। उनले विस्तारै हात खोल्न अराए र cannula मा cover लगाए र clamp निकालिदिए।

एकछिनमा ६०६ मा बोलाइयो। म गएँ। खाटमा चढेर बसे। नर्सले मुखमा स्प्रे हाल्दिइन र निल्न भनिन्। मलाई घाटीमा के अडकिएको जस्तो महसुस भयो र उनले पुनः स्प्रे गरीन् र बायाँ पट्टी फर्केर सुत्नु भनिन्। मैले त्यसो गरे र उनीहरूलार्इ मेरो Heart Rate बढेको छ भनें। नर्सले अाफ्ना सहयोगीलार्इ saturation चेक गर्न भनिन् र उहाँले डिभाइस जडान गर्नुभयो।
"तपार्इ अातिन्नुभयो जस्तो छ!" भनेर नर्सले भनिन्।
म चुप थिए। दिमागलाई अर्को तर्फ लिएरजा केहीं हुदैन भन्दै थिएँ, मनमनै। ल ९८ मा drop bayo भन्दै पाइप मुखबाट छिराएं। घाँटी बाट तल जाँदा त केही भएन। सायद माथिल्लो भाग मज्जाले काटो भएको थियो होला। तर, एक ठाउँमा पुगे पछि टोकिएको जस्तो महसुस भयो र डाक्टरले गुटुक्क गर्दिनुस त भन्नुभयो; मैले सोही बमोजिम गरे। मलाई पेटमा केही हिडेको जस्तो लाग्यो। कहिले एउटा कुनामा ठोकिन्छ त कहिले अर्को।
"ल रोग पत्ता लाग्यो", भनेर नर्सले भनिन्।
"याहाँ अरू पनि के के छ", भन्दै डाक्टरले पाइप भित्र पसाए।
मैले असजिलो लागेर उनलाई समाइ रहे।
" ल अब हामी बाहिर निस्कदै छौं हौं", भनि उनले पाइप ताने।
मलाई भने कति छिटो तानेको भन्ने भयो।
पाइप सँगसँगै थुकहरू पनि निकै निस्के। मैंले मुखमा जोडिएको कचाउँरामा थुके। Gauge ले मुख सफा गरे र एकछिन त्यहिँ बस्दैं थुके। म एकदम अप्ठ्यारो महसुस भइरहेको थियो; सास फेर्न गाह्रो भएको थियो; जीउ शिथिल हुँदै थियो। त्यसपछि नर्सले फेरि Preparation रूममा जान सुझाव दिइन र म उनको सहयोगीको कादमा समाएर गए।

रूममा अाएपछि सिंकमा मुख कुल्ला गरे र बेडमा अाराम गरिरहे। मुख निकै सुख्खा र सुनिएको थियो। अप्ठ्यारो लागेर बेडबाटै थुके किनभने मसँग सिंकसम्म पुग्ने उर्जा नै थिएन्। यो देखेर बुवाले ग्लास ल्याउनुभयो र मैंले पिर नमानी थुक्न पाएँ। ८-१० मिनेटपछि केही हलुका महसुस भयो घाटीको भाग महसुस गर्न सके। अलिकति पानी पिए र अाराम गरे।
"दार्इ तयार भएपछि ६०८ मा अाउनु हौं" भनेर नर्स गइन्।
"हुन्छ", भनेर उत्तर दिए।
"हुन्छ", भनेर उत्तर दिए।
कोठामा टिभी थियो र हरू केही स्क्रिन पनि थिए। तिनीहरू भने heart rate, saturation, blood pressure हरूको डाटा लिन मद्दत गर्थ्यो। १८-१९ बर्षको पातली निलो रंगको कपडा लगाएकि नर्सले मलाई अक्सिजन लगाइ र बायाँ पट्टी फर्केर सुत्नु भनिन्। मैले भनें बमोजिम गरे। उनीले नशाबाट केही अौषधी दिइन्। पाइप मलद्वार नलीबाट छिरेको महसुस भयो। र, टिभीमा दृश्य देखिन्न थाल्यो। सायद, अौषधीले गर्दा होला दुखाइ कम थियो। र, केहीँ पलमा चसक्क गर्यो र मैले पुनः स्क्रिनमा हेरे biopsy निकालेका रहेछन्। Sample ताने पछि त्यस ठाउँबाट रगत अायो।
"केहीं फोटोहरु लिउ है हजुर, सकिन लाग्यो", भने डाक्टरले ।
केही क्षणमा मलाई अर्को बेडमा राखियो र Preparation रूमको बेडमा सिफ्ट गरियो।
"केहीं फोटोहरु लिउ है हजुर, सकिन लाग्यो", भने डाक्टरले ।
केही क्षणमा मलाई अर्को बेडमा राखियो र Preparation रूमको बेडमा सिफ्ट गरियो।
एकछिनमा उठ्दा केहीं हलुका भएको महसुस भयो। भोक एकदम लागिरहेको थियो। बुबालाई खाना ल्याउनु भने।
केहीं बेरमा उहाँले खाना लिएर अाउनु भयो। Glide Wrap खोले र मज्जाले भातसँग दाल बजाइयो। ट्वाइलेटको नित्यकर्म सकेर Preparation रूमबाट बाहिर निस्कयौं ।
"रूपेश", भनेर नर्सले डाक्टरको ढोका तिर चोर अौलाले देखाइन्।
डाक्टरको रूममा गयौं। त्याहाँ एउटा टेबल, कुर्सी र खाट थियो। र, एक जना मेटो व्यक्ति उमेरले ४० बर्षे; सेतो कोट लगाएका; गाटीमा stethoscope भिरेर बसेका थिए।
"रूपेशजी, रिपोर्ट अायो", भन्दै फाइल तिर हेर्न थाले।
"कस्तो अाएछ रिपोर्ट कार्ड!" भन्दै उत्तर गरे।
"CBC, LFT, Urine, सबै ठिकै छ, तर यो पेटमा केही घाउ छ त्यस्को लागि म अौषधी लेख्दिन्छु। अनि एक हप्तामा Biopsy को रिपोर्ट अाउँछ अनि फेरि भेटौ न है", भनेर उनले भने।
"हुन्छ", भनेर प्रतिउत्तर दिए।
हामी कोठाबाट निस्केर लिफ्टमा ग्राउन्ड फ्लोरमा अायौं र ट्याक्सीमा चढेर घरतर्फ लाग्यौं।

At last, we did find the cause of the problem; was an interesting journey through my alimentary canal!
No comments:
Post a Comment