Thursday, 18 October 2018

हरिद्वारको यात्रा


बिहानको करिब ३ बजेको थियो। हामी होटलबाट साइटसिंगको लागि लिइएको भाडाको गाडीमा हरिद्वार तर्फ लाग्यौं।

गाडी ७ सिटरको टोयोटा इनोभा थियो। ७ सिटर भएकोले हामी ६ जाना अारामले अट्न सक्थ्यौं।
र, म बाठो भएर अन्तिम बसे किनभने त्याहाँ अारामले सुत्न पाइन्थ्यो।

केही अावाजले झसङ्ग भएँ। अाखाँ खुल्दा गाडी रेकिएको थियो।
सबै अोरलिएका रहेछन्। म पनि सिटलाई हटाएर बाहिर निस्के। हावाको जोक्काले शरीर चिसो बनायो। बाताबरण शान्त थियो। पिसाब फेर्नु पर्यो भनेर यताउता हेरें। जता हेरेपनि उखुखेती। अलिकति हिडेर गएर नित्यकर्म सके।

"अाछु....छु...छु", भन्दै हतारिदैं सिटमा बसे। र, केहीँ बेरमा निन्र्दा देवीको दुनियामा हराए।

ड्राइभर दाईले गाडीलार्ई पार्किङमा राख्नुभयो। नजिकै ट्वाइलेटको व्यवस्था रहेछ।
"कित्ना हे?", भनेर टेबल पछाडी बसेका मोटा, निदारमा टिका लगाएका व्यक्तिलाई सोधे।
"एक बन्देका रु.१०", उनले भने।
"ये लिजिए भन्दै", हातमा पैसा थमाए।
त्यसपछि हामी मन्दिरतिर प्रस्थान गर्यौं।
गंगा नदीको पुल तर्दाको दृश्य।


हिड्दै जादाँ दुईवटा बाबातिर मेरो नजर पर्यो।
"बाबाजी, तस्बिर खिच्वाना चाह्ते हे", भने उनीहरूलार्इ।
"आइए", भनेर उनले इसारा गरे।


बाबाके साथ लिया हुवा तस्विर।



उनीहरूलाई धन्यवाद दिदैँ म अगाडी बढेँ।


हिन्दू धर्मावलम्बीहरूमा रहेको "गंगामा नुहाए पाप पखालिन्छ" भन्ने विश्वासले गर्दा याहाँ अाउँने प्रयः जसो तिर्थालु स्नान गर्ने गर्दा रहेछन् र उनीहरूको सुरक्षालाई मध्यनजर गरेर यस नदीमा स्नानको लागि निस्चित क्षेत्र तोकिएको रहेछ।


यो तल प्रस्तुत गरिऐको किनारमा हामी सबैले स्नान गर्यौं।



नुहाएको ठाउँ।

त्याहाँबाट हामी साना गल्ली छिचोलेरअगाडी बढ्यौं। हामी त्याहाँ रहेका स-साना पसलका दृश्य अवलोकन गर्दै हिडिरह्यौं। हिड्ँदा सम्हालेर हिड्ँनु पर्थ्यो किनभने बाटो रातको पानीले हिलाम्मे बनाइदिएको थियो।


जुत्ता भरी माटो लागेकोले गर्दा खुट्टा चिप्लो भएको थियो। हिड्दैँ जादाँ एउटा पसल बाहिर एक जना युवा उमेरका व्यक्ति पानीले अाफ्नो पसल अगिको फोहोर पखालि राखेका थिएँ।

"भइ्याजी, जरा एक मिन्टकेलिए पानी दिजिए, पैर धोना था", भन्दै मैले मागे।
मैले पाइन्ट माथि सारे। उनले पाइप मेरो हातमा थमाए। र, मैले एक हातले माड्दैँ सफा गरे। मैले टाउँको उठाएर अाँखाले अाफ्नो ग्रुपको मान्छेहरू खेजे। तर, मैले कसैलाई फेला पार्न सकिन्।

एकास्सी मनमा चिसो पस्यो। नयाँ ठाउँ न त कोहीँ चिनेको नै थिएँ न मोबाइलमा सिम नै! पक्कै पनि अगाडी नै बढ्ए होलान् भन्थान्दै लामा लामा पाइला चाल्न थाले । त्यसबेला एकदमै सतर्क बने डर पनि सतर्कताको कारण होला! उनहरूको खोजीमा मैले 360 डी. टाउँको घुमाए । अहिलेसम्म जिन्दगीमा यत्रो डी. टाउँको घुमेको थिएन्। केही बेरको हिडाइ पछि एकजाना समूहका व्यक्ति देखे। यो दृश्य लामो काम पछिको 'चिल्ड बियर' सरह अान्नदायक थियो।


हामी त्याहाँ बसेर टिकट लिएर उकालो उक्लन थाल्यौं।

बिहानदेखि केहीँ नखाएर होला शरीर सिथिल भएको थियो। बलबल हस्यांग पस्यांग गर्दै सवारी लिने ठाउँसम्म पुग्यौं। त्याहाँ सबै लाइन् लागेर सवारी चढ्दा रहेछन् र हामी पनि सोही विधि बमोजिम लाइनमा लागेर सवारी चढ्यौं। थाकिइले गर्दा दृश्यको मज्जा लिन सकिएन्।


त्यसपछि हामी भर्याङ्ग अोर्लदौं मनसादेवीको दरबारतर्फ लाग्यौं। मन्दिरको डोका नजिकै देखि दायाँ र बायाँ दुवै तर्फ पसलहरू थिए। प्रायः जसोले मिठाई, फूल, माला र मनसादेवीको फेटोहरू बेचिरहेका थिए।

देवी र ग्रन्थको सम्बन्धः

मनसा देवी को भगवान शिव की मानस पुत्री के रूप में पूजा जाता है। इनका प्रादुर्भाव मस्तक से हुआ है इस कारण इनका नाम मनसा पड़ा। इनके पति जगत्कारु तथा पुत्र आस्तिक जी हैं। इन्हें नागराज वासुकी की बहन के रूप में पूजा जाता है, प्रसिद्ध मंदिर एक शक्तिपीठ पर हरिद्वार में स्थापित है।[१] इन्हें शिव की मानस पुत्री माना जाता है परंतु कई पुरातन धार्मिक ग्रंथों में इनका जन्म कश्यप के मस्तक से हुआ हैं, ऐसा भी बताया गया है।[२] कुछ ग्रंथों में लिखा है कि वासुकि नाग द्वारा बहन की इच्छा करने पर शिव नें उन्हें इसी कन्या का भेंट दिया और वासुकि इस कन्या के तेज को न सह सका और नागलोक में जाकर पोषण के लिये तपस्वी हलाहल को दे दिया।[३] इसी मनसा नामक कन्या की रक्षा के लिये हलाहल नें प्राण त्यागा।

हामी फेरि लाइन लागेर फर्कनको लागि उड़नखटोलामा चढ्यौं। अबभने केहीं जोस पलाएको थियो।वरिपरि हरिया डाँडा र साना बाटोहरूले जोडिएको सहर र यमुना नदि बगेको दृश्य देखेर कहाँ अाएछु भन्ने लाग्छ मनमा। गंगा, जंगल र पहाडको मिस्रण दृशले प्रकृतीको बहुत नजिक भएको महसुस गरे। केही क्षणको दृश्य अवलोकन पछि गन्तव्यमा पुगिएछ। मन त थिएन् यति चाँडै अोर्लेर जाने तर स्टेशनमा पुगिसकिएछ। मनमा अझैं त्यहीं फलामको भाडोमा उडिरहन् मन थियो। तर, स्टेशनका कर्मचारीले निकालिहाले।

https://youtu.be/aP-BEagvBms

उड़नखटोलाको सवारी त निकै सजिलो रह्यो। मैले त्यहीँ बेला महसुस गरे कि म कति भाग्यमानि रहेछु। सायद, मैले यो उड़नखटोलाको सन्चालन भन्दा पहिले यात्रा गर्नु परेको भए कति दुःख पाउथेँ! धन्यवाद छ ती सबै अगर्जहरूको योगधानलाई।


हिन्दूधर्मावलम्बीहरूको चार धाम मध्यको एक महत्वपूर्ण तिर्थस्थल हो यो मन्दिर। लाखौं बर्षको यसको बिबेचना गाथाहरूमा  गरिएको छ। त्यहीँ बिबेचनालाई अाधार मानेर लाखौं संख्यामा भक्तहरू याहाँ आएका होलान्।
यस तिर्थस्थलको बिषयमा यस्तो लेखिएको पाएँ। "यहाँ के एक वृक्ष पर सूत्र बाँधा जाता है परंतु मनसा पूर्ण होगि!"[४]
 के तिनिहरूले यस दरबारमा मागेका कुरा पुरा भए त? मागेको कुराको तथ्य कहाँ छ? के के मागे? र, त्यो मागेको मध्यपुरा भएको तथ्यकहाँ छ? के त्यो तथ्यको संकलन पनि कसैले गरेको छ?

मलाई हिड्न मन थिएन्। बाटो पनि हिलो थियो। त्यहाँ बाटोमा रिक्सा चालकहरुले रु.५० मा पार्किङ सम्म पुर्याउँछु भन्दै थिए।

Returning from temple in the streets:

https://www.youtube.com/watch?v=aP-BEagvBms&t=15s

अाउँदा पुडी तरकारी खायौं र केहि जोस अायो।

म थकानले डुबेको थिए।

" अागे तक छोड्दो", भन्दै एकजना अाइरहेको मोटरसाइकलको व्यक्तिलार्इ भने।
"यहीँ तक जा राहा हुँ", भन्दै उनले उत्तर दिएँ।
असोक दार्इसँगै हिड्दै थिए।
"म यहीं छु कहाँ मलाई छोडेर जान लाग्या?", उनले भने।
"लास्टै थाकियो क्या दाई!", भनेर प्रतिउत्तर दिए।
रिक्सा वालालाई हातले जाऊँ भनि इसारा गरे। उनी घन्टी बजाउँदै अगाडी तर्फ लागे।

छेउमा बाबाजीहरू लुडो खोलिरहेका थिएँ। समूहका केहीँ भने बाबाजीको ताल देखेर आस्चर्य मान्दैँ थिएँ । सायद, उनीहरूले जीवनमा यस्तो दृश्य पहिलो पटक देख्दैँ थिएँ।
"ल हेर हेर हामीसँग पैसा मागेर जुवा खेलिरहेका!", भन्दै एक जाना हाम्रा ग्रुपको एक व्यक्ति बोले।
"के हामी चै मान्छे होइन्!", भन्दै एउटा 'अवाज' भीडबाट अायो।

"बाबाजीको कुरोमा पोइन्ट छ है!," भन्ने विचार गर्दै हिडेर गाडी भएको ठाउँसम्म अायौं। र, दिल्लीतर्फ हिड्यौं।

बाटामा अाउँदाका झ्यालबाटको दृश्य प्रायः उखुखेती रह्यो। केहीं घन्टाको यात्रापछि हामीले बाटोको किनारमा अम्बा बेचिरहेका व्यपारीसँग अम्बा किन्यौं। भोकले रन्थनिएका हामी सबैले ३ वटा खायौं। त्यो अम्बा त्यहाँ छिट्टै पाक्दोरहेछ क्यारे खाँदा नरम राता थिए। नेपालमा करिब असोजको अन्त्यतिर पाक्ने फल त्याहाँ कति छिटो पाक्यौं। कसरी? वातावरणको प्रभाव? हाइब्रिड? अथवा जलवायु परिवर्तनको लक्षण?

यसरी यो दिनले पनि बिदा माग्दैँ आफ्नो बाटो लाग्यो । र, जसरी रात वित्तै थियप म पनि निन्र्द देवीको काखमा अचेतन मनको रहरहरूका छालमा छलांग मार्दै गएँ  ।

जय नेपाल!


सन्दर्भ सूचीः



  1.  मनसा देवी मंदिर हरिद्वार मनसा देवी नागों की देवी हैं, उनका मुख्य मंदिर हरिद्वार में है जो शक्तिपीठ पर स्थापित है। नवरात्रि को यहाँ बहुत भीड़ लगती है तथा तीर्थ के साथ ही यह पर्यटन स्थल भी है जो मन में शांति का अनुभव कराने वाला है।
  2. ऊपर जायें मनसा मनसा को शिव की मानसपुत्री मानते हैं तथा कुछ लोग इन्हें कश्यप पुत्री भी मानते हैं।
  3. ऊपर जायें हलाहल पूर्व में दैत्य था जिसने शिव की तपस्या कर शिवांश द्वारा मृत्यु प्राप्ति का वर माँगा।
  4.  मनसा देवी मंदिर हरिद्वार उत्तरांचल

No comments:

Post a Comment