कसैको लागि रातको सिरानी बनें,
गाडीको टायरको लागि टेका बनें।
कसैले हतियार बनाएर खोलाए,
कयैले जाबो ढुंगा भनि मिर्काए।
मेरा अवतार देखेर कयै अाश्चर्यचकित भए
कयै जाबो भनि वास्ता गरेनन्।
कयैले अाशाको किरण मानी पुजें तर अाशा प्राय टुटाएको छु,
हरेक पलपलको चित्कार र पुकार नकारेको छु।
ढुंगै ढुंगाको माजमा बसेर धेरै ढुंगेपन सिकेको छु,
अात्मियताको भावनाहरूलाई गुमाउँदै जाँदै छु,
जसरी ढुंगाले छेकेर नदीको पानी रोक्न सक्दैन
त्यसरी चहादा नचाहादै यो ढुंगेपनको पानीमा डुब्दै छु।
हो म एक ढुंगा हुँ।
No comments:
Post a Comment