Tuesday, 19 March 2019

जीवको मन¿¿¿

बाघ स्याल हुँडारको पनि मन हुन्छ,
गोमन देखि सबै घस्रण जीवको पनि मन हुन्छ।।
गिद्द देखि सबै पन्छीको पनि मनै हुन्छ,
व्हेल माछा देखि सबै जलचरको मन हुन्छ।।

जनावर पशुपन्छी सबै अाफू मिलेर बसेको हुन्छु,
बाघले बाघ मार्दैन स्यालले स्याल मार्दैन।।
गोमन गोमन पनि मार्दैन,
मांश पन्छी गिद्दले पनि गिद्द मार्दैन।।

विशाल मन भएको मानिस किन मानिस मार्छ?
मानिस यौन पिपासु बन्छ र हत्या गर्छ।।
सँगै सुतेको स्वास्नी मार्छ धनको लागि बच्चा मार्छ,
राज्य गर्न जन्मदाता पनि मार्छ।।

प्राणीमा ज्ञान बुद्धि भएको मान्छे हुन्छ,
त्यस्तो प्राणीले अाफ्नै समूह मान्छै मार्छ।।
ए मन हुने मान्छे हो मनलाई राम्रो सँग बाँध,
मनलाई बुद्धिको डोरी लगाई ज्ञानले बाँध।।

विवेक र चरित्रले मनलाई राम्रो सँग बाँध,
यसो गरे मात्र मान्छेले मान्छे मार्ने छैन।।
मानिस अनि यौन पिपासु पनि बन्ने छैन,
मानिसले अनि विभत्स हत्या पनि गर्ने छैन।।

चरित्र सुध्रियो भने अर्को धनमा र्याल काड्ने छैन,
अर्काको धन देखेर डाहा गर्ने पनि त छैन।
यसो भएमा  विभत्स हत्या देख्नु पर्ने छैन,
अनि त यो देशमा अपराधको श्रृंखला सुन्नु पर्ने छैन।।

मेरो मन दुई बर्ष अघि जनावर देखि डराउथ्यो,
मानिस भेटेपछि मित्रवत साथी मान्थ्यो।
दुई बर्ष यता देखि मानिस भेट हुँदा मेरो मन डराउँछ,
जनावर देखि डरउने मन त जनावरलाई मनबाट भगाँउछ।।

त्यही मानिसको बुद्धिले देश र संसार बनाउँछ,
त्यही मानिसको विवेक गरिबलाई हँसाउछ।
त्यही मानिसको चरित्रले अरूलाई सिकाउछ,
धर्मैधर्म मान्ने यो देश  कुन धर्मले मानिस मार्न सिकाउछ?

No comments:

Post a Comment