Tuesday, 19 March 2019

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभिने, हाल कारोबार रोक्का


४, चैत २०७५
काठमाडौं, नेपाल।

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक–आपसमा गाभिने भएका छन् । दुबै बैंकले गाभ्ने/गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर भएसँगै यी दुवै बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ । 

दुबै विकास बैंकहरु बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती विनियमावली २०७३ को चौथो संसोधन को विनियम ८ र ९ बमोजिम तथा शेयर स्वाप अनुपात एक बराबर एक वा सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) गर्न मञ्जुर गरेका छन्। 

२०७६ साउन मसान्तभित्र मर्जर सकाउने उदेश्यका साथ गाभिएपछि तिनाउ मिसन विकास बैंकको नामबाट कारोबार गर्ने सम्झौता भएको छ । र, तत्पश्चात् यी प्रादेशिकस्तरको हुनेछन् ।



No comments:

Post a Comment