Wednesday, 27 March 2019

शेयर बजारमा सुधार

१२ चैत २०७५,
काठमाण्डौं, नेपाल।

मंगलबारको दिन शेयर परिसूचक सामान्य सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ११३८.६५ बाट २.०७ अंकको वृद्धि भएर ११४०.७२ पुगेको छ। तर, कारोबारको रकम तुलनात्मक दृष्टिकोणबाट हेर्दा २ करोड ७६ लाखको गिरावट देख्न सकिन्छ।

सोमबार २४ करोड २७ लाख रुपैयाँको कारोबार भएको थियो। यस दिन ८ लाख ८२ हजार ८८५ कित्ता २१ करोड ५१ लाख २१ हजार ५८० रुपैयाँमा कारोबार भयो।


Market Summary
Total Turnover Rs:215,121,580
Total Traded Shares882,885
Total Transactions4,613
Total Scrips Traded171
Total Market Capitalization Rs.1,394,160.50 Millions
Floated Market Capitalization Rs.489,084.63 Millions


आजको दिनमा कारोबारमा आएका १० उपसमूह मध्ये लघुवित्त सूचक मात्र ५.१२ अंकले नकरात्मक भएको छ भने बाँकी ९ वटै उपसूहको सूचक सकारात्मक भएका छन् । लघुवित्त बाहेक बाँकी सबै समूहका सूचक हरिया देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक २४.१९ अंकले बढेको छ । यस्तै उत्पादन तथा प्रशोधन ११.०६, अन्य ५.४२, हाईड्रोपावर ३.२२, होटल १.९४, बैंकिङ्ग १.१६, जीवन बिमा ०.५८, फाइनान्स ०.२८, विकास बैंक ०.०२ अंकले सुधार भएको छ भने लघुवित्त समूहको सूचक ०.३८ अंकले  तल झरेको छ ।
Sub-IndicesCurrentPoints Change%Change
Banking986.381.160.12  
Hotels1,719.451.940.11  
Development Bank1,448.220.020  
HydroPower1,159.083.220.28  
Finance615.530.280.04  
Non Life Insurance5,389.7724.190.45  
Manu.& Pro.2,010.5511.060.55  
Others703.895.420.78  
Microfinance1,377.915.120.37  
Life Insurance5,854.740.580.01  
कारोबार रकममा नेपाल बंगलादेश बैंकको संस्थापक सेयरले सब्रप्रथम स्थान लिएको छ । यस्तै क्रमशः एनएमबि बैंकको ९६ लाख ४४ हजार ७९४, माथिल्लो तामाकोशीको ७४ लाख १७ हजार ५१४, प्राइम कर्मसियल बैंकको ६४ लाख ५३ हजार १५४,सिद्धार्थ बैंक लिमिटेडको ६२ लाख ९८ हजार ६००, नेपाल इन्भेष्टमेन्ट बैंक ६२ लाख ३७ हजार ०८१, एनआईसी एशियाको ६१ लाख ९० हजार ३४९, नेपाल ऋेडिट एण्ड कमर्स बैंकको ६० लाख ७७ हजार ०३९, नेपाल बैंक लिमिटेडको ५३ लाख ७० हजार ४६१, र एभरेष्ट बैंक लिमिटेडको ४५ लाख ९० हजार ७९५ रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएका छन्। 
SymbolTurnoverClosing Price
As of 2019-03-26 15:00:00
NBBPO15,831,480.00120.00
NMB9,644,794.00325.00
UPPER7,417,514.00241.00
PCBL6,453,154.00319.00
SBL6,298,600.00287.00
NIB6,237,081.00527.00
NICA6,190,349.00398.00
NCCB6,077,039.00210.00
NBL5,370,461.00290.00
EBL4,590,795.00555.00
केही दिन अगाडी मात्र कारोबारमा आएका युनिर्भल पावर र शिवम्को शेयरमूल्यमा भने नेगेटिभ सर्किट लागेको छ। र, सो कारणले युनिर्भसल पावरको ९.८७ र शिवम् सिमेन्टको शेयरमूल्य ९.८१ प्रतिशतले घटेका छन ।
यद्यपि, लगानीकर्ताको निरन्तर आन्दोलन, पुलिस र लगानीकर्ता बिचको झडप,ब्रो कर मार्फत मार्जिन कारोबार, ब्याजदरमा गिरावट, आदिले भोलिको दिनमा बजारमा कस्तो प्रभाव पर्ला भन्ने निर्क्योल निकाल्न कठिन छ। 
सन्दर्भ सूचीः
(विभिन्न ऐजेन्सी)


No comments:

Post a Comment