Friday, 29 March 2019

नेप्सेमा हरियाली कातमै

चित्र १ः नेप्से परिसूचक
१४ चैत २०७५,
काठमाण्डौं, नेपाल।

बिहिबारको दिन नेप्से परिसूचक २.०१ अंकले बढेको छ। बुधबार ११४२.५२ रहेको परिसूचक २.०१ अंकले उक्लेर ११४४.५३ मा पुगेको हो। कारोबारको हिसाबले यस दिन बुधबारको तुलनामा ३ करोड ६१ लाख ७९ हजार ५२४ रूपैयाँको वृद्धि भएको हो।

बुधबार २१ करोड ५४ लाख १७ हजार रुपैयाँको कारोबार भएको थियो। यस दिन १६८ कम्पनीको ९ लाख ८९ हजार १७७ कित्ता २५ करोड १५ लाख ९६ हजार ५२४ रुपैयाँमा खरिद बिक्रि भयो।






आजको दिन कारोबारमा आएका १० उपसमूह मध्य सबैभन्दा धेरै जीवन बीमा २६.९८ अंकले बढेको छ। यस्तैः निर्जीवन बिमा १८.२, उत्पादन तथा प्रसोधन ४.४६, अन्य ३.४७, लघुवित्त २.५२ र बैंकिङ्ग १.३८ अंकको सुधार देखिएको छ। हेटेल १४.०४ अंकले सबैभन्दा धेरै गिरेको छ। र, हाईड्रोपावर ०.०६, फाइनान्स ०.१३ र विकास बैंक ३ अंकले नकरात्मक रहेको छ।

चित्र २ः उपसूह




टर्नओभरको हिसाबले सबैभन्दा धेरै शिवमको २ करोड ६२ लाख ८४ हजार ८१६ रूपैयाँको शेयर कारोबार भएको छ। प्रभु बैंकको १ करोड २३ लाख २३ हजार ३५१ रुपैयाँको किनबेच भएको छ। यस दिन शिवम र प्रभुको मात्र करोडभन्दा माथि कारोबार भएका हुन्। यस्तैः नेपाल लाईफ ईन्सोरेन्सको ९९ लाख ७६ हजार ५०४, बैंक अफ काठमाण्डौंको ९३ लाख ५५ हजार ३३०, एनएमबी ८६ लाख ४६ हजार ५२५, एनआईसी ऐसियाको ६१ लाख ३१ हजार ४७३, जनता बैंक नेपाल लिमिटेड ५० लाख ७० हजार १६५, ग्लोबल आइएमईको ५९ लाख ४१ हजार ०७९, सेन्चुरी कमर्सियल बैंकको ५८ लाख ८२ हजार ५०४ र माथिल्लो तामाकोशीको रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको छ।
चित्र ३ः धेरै कारोबार भएका कम्पनी

सो दिनको बजारमा सिभिल लघुवित्त संस्था ३३(५.८८%) अंकले सबैभन्दा धेरै बढेको छ। यस्तैः फर्वाड ३३(४.७७%), लक्ष्मी भ्यालु फण्ड ०(४.७३%), नबिल इक्वीटी फण्ड ०(४.०७%), मिर्मिरे लघुवित्त ३६(४%), मञ्जुश्री फाइनान्स ४(३.६०%), अरुण काबेली पावर लिमिटेड ६(३.५३%), राधी जलविद्युत ६(३.५३%), समुदायिक लघुवित्त संस्था ३०(३.४२%) र ङादी ग्रुप पावर लिमिटेड ४(३.२५%) अंकले बढेको छ।
चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता युनिभर्सल पावर कम्पनीको शेयरधनीले सबैभन्दा धेरै १९(९.५९%) अंकले घटेको छ। यस्तैः स्वरोजगार लघुवित्त विकास बैंक २५(९.१९%) सिनर्जी पावर ६(५.६०), नेपाल सेवा लघुवित्त २५(४.६७%), सिटी एक्सप्रेस फाइनान्स ४(४%), कालिका लघुवित्त वितिय संस्था ३०(३.६५%), अरुण भ्याली हाइड्रोपावर ३(२.८८%), अपि पावर ४(२.८५%), विजय लघुवित्त संस्था १५(२.२६%) र शिवम ७(२.०५%) अंकले घटेको छ।
चित्र ५ः नकारात्क रहेका कम्पनी


सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी

No comments:

Post a Comment