चैत १५ , काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताउनु भएको छ। शुक्रबार काठमाण्डौंमा लगानी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले नेपालमा लगानीको लागि सबै वातावरण राम्रो भइसकेको भन्दै विदेशी लगानीकर्तालाई लगानी गर्नको लागि आवहान गर्नुभएको छ।
'बितेका एक वर्ष हामीले धेरै नितिगत सुधार गर्यौं, अब नेपालमा नीतिगत स्थायित्व आएको छ ।' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'देशमा निर्वाचित सरकार छ, हामी लगानीको सुरक्षा कुनै कम्प्रमाईज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस।'
आर्थिक समृद्धिबिना राजनीतिक सुधारले परिवर्तन दिगो नहुने भन्दै सरकारले समाजको सबै वर्गको आर्थिक विकासमा जोड दिएको बताउँनुभयो हो।
'नेपालले सन् २०२३ सम्ममा मध्य आय र सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको छ।'
प्रधानमन्त्री ओलीले भन्नुभयो, 'दुई अंकको आर्थिक वृद्धि गर्न सरकारलाई ५ वर्षभित्र ९८ खर्ब रुपैयाँ आवश्यक पर्नेछ।'
प्रधानमन्त्री ओलीले सरकारले कर र उद्योग दर्ता प्रक्रियालाई पूर्णरुपमा स्वचालित बनाउने योजना कर्यान्वयनको चरणमा रहेको र सो मापदण्ड पूरा गर्ने लगानीलाई कर छुटको प्रतिबद्धता कानुनमा उल्लेख भएको जानकारी दिनुभयो।
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment