Sunday, 31 March 2019

शेयर बजारमा सामान्य गिरावट!

१७ चैत २०७५,
काठमाडौं, नेपाल।

आइतबारको दिन नेप्से परिसूचक ०.९१ अंकले घटेको छ। बिहीबार ११४४.५३ मा रहेको परिसूचक ०.९१ अंकले घटेर ११४३.५९ मा पुगेको हो।

बिहीबार ९ लाख ८९ हजार १७७ कित्ता २५ करोड १५ लाख ९६ हजार ५२४ रूपैयाँमा कारोबार भएको थियो। यस दिन ९ लाख ५० हजार ६७४ कित्ता २६ करोड ६६ लाख ६ हजार ८१० रूपैयाँमा खरिद विक्रि भयो। यस दिन बिहिबारको तुलनामा १ करोड ५० लाख १० हजार २८६ रूपैयाँको वृद्धि हो भने जम्मा कारोबारमा अाएका शेयर संख्यामा ३८ हजार ५०३ कित्ताको गिरावट आएको छ।


आजको दिन कारोबारमा आएका १० उपसमूह मध्य सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन ३२.७ अंकले बढेको छ। यस्तैः अन्य २.८९, बैंकिङ्ग ०.२२ अंकले सकारात्मक रहेको छ। जीवन बीमा ५२.९३ अंकले सबैभन्दा धेरै गिरेको छ। यस्तैः निर्जीवन बीमा ४४.६५, लघुवित्त ५.२४, होटेल २.७१, हाईड्रोपावर २.५८, फाइनान्स १.५८ र विकास बैंक १.३२ अंकले नकारात्मक रहेको छ।


कारोबारको हिसाबले बैंक अफ काठमाण्डौंको २ करोड १२ लाख ४३ हजार ५८० रूपैयाँले अग्रस्थानमा रहेको छ। यस्तैः प्रभु बैंकको १ करोड ५४ लाख ३७ हजार २६७, शिवम् सिमेन्टको १ करोड ६ लाख ४ हजार ५४१, नागरिक लगानी कोषको ९८ लाख १ हजार २८७, एनअाईसी ऐसियाको ९७ लाख ६४ हजार ३६५, माथिल्लो तामाकोशीको ९२ लाख १४ हजार २९६, नबिल प्रमोटरको ७७ लाख ७६ हजार १९४, नेपाल लाईफ इन्स्योरेन्सको ६१ लाख १८ हजार ६६१, एभरेष्ट बैंकको ५९ लाख ४० हजार ६४८ र सिटिजन्स बैंकको ५६ लाख ७० हजार १०० रूपैयाँ बराबरको शेयर खरिद विक्रि भएको छ।


यो दिनको बजारबाट अरूण काबेली पावर लिमिटेड ४.५५ प्रतिशतको वृद्धिले सकरात्मक सर्किटमा सबैभन्दा धेरै बढ्न सफल भएको छ। यस्तैः मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड ४.३२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड ३.१३, सिनर्जी पावर २.९७, भार्गव विकास बैंक लिमिटेड २.७४, खानीखोला हाइड्रोपावर कम्पनी २.६३, हिमालयन डिष्टिलरी २.३७, जलविद्युत लागानी तथा विकास कम्पनी लिमिटेड २.२९, बोटलर्स नेपाल (तराई) लिमिटेड १.९९ र शिखर इन्स्योरेन्स १.९३ प्रतिशतले बढेको छ।

उता युनिभर्सल पावर कम्पनीको शेयरधनीले सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ। यस्तोः राधी विद्युत कम्पनी ५.६१, मिर्मिरे लघुवित्त ३.६३, रिडी हाइड्रोपावर ३.१२, सिभिल लघुवित्त ३.०३, राष्ट्रिय बीमा कम्पनी लिमिटेड २.९५, मञ्जुश्री फाइनान्स लिमिटेड २.६०, सामुदायिक लगुवित्त २.५७, रिलायन्स फाइनान्स २.५४ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था २.५३ प्रतिशतभन्दा बढीले गुमाएका छन्।
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी

No comments:

Post a Comment