काठमाण्डौं, नेपाल।
साताको दोस्रो दिन शेयर बजार बढेको छ। आइतबार ११४३.५९ अंकमा रहेको परिसूचक ६.४३ अंकले बढेर ११४९.४९ मा पुगेको हो।
आइतबार ९ लाख ५० हजार ३६४ कित्ता २६ करोड ६६ लाख ६ हजार ८१० रूपैयाँमा कारोबार भएको थियो। यस दिन कारोबारमा आएका १७१ कम्पनीको १२ लाख ६५ हजार ६६२ कित्ता ३५ करोड २८ लाख १० हजार ७५० रूपैयाँमा खरिद विक्रि भयो। अगिल्लो दिनको तुलनामा यस दिन करोबारमा ८ करोड ६२ लाख ३ हजार ९४० रूपैयाँको वृद्धि आएको हो। यसैगरी कारोबारमा आएका शेयर संख्यामा पनि ३ लाख १५ हजार ०१९ कित्ताको वृद्धि आएको छ।
![]() |
चित्र १ः नेप्से परिसूचक |
आजको दिन कारोबारमा आएका १० उपसमूह मध्य सबैभन्दा धेरै होटेल ३३.६७ अंकले बढेको छ। यस्तैः निर्जीवन बीमा २९.७, बैंक १०.१५, विकास बैंक ६.३७, हाईड्रोपावर २.८७, लघुवित्त २.२८, जीवन बीमा २.२०, फाइनान्स २.०७ अंकले सकारात्मक रहेका छन्। र, अन्य ५.९२ र उत्पादन तथा प्रशोधन ४.६६ अंकले नकारात्मक रहेका छन्।
![]() |
चित्र २ः उपसूह |
टर्नओभरको दृष्टिबाट सबैभन्दा धेरै एनआईसी ऐसियाको २ करोड २० लाख ७८ हजार ०८४ रहेको छ। यस्तैः प्रभु बैंकको २ करोड ११ लाख २० हजार ५७८, एनएमबी बैंकको १ करोड ६३ लाख ५९ हजार ४१०, नेपाल बैंक लिमिटेडको १ करोड ३१ लाख ७७ हजार ७५७, महालक्ष्मी विकास बैंक १ करोड १९ लाख ६० हजार ०४७, एभरेष्ट बैंकको १ करोड १३ लाख ९६ हजार ९७६, शिवम् सिमेन्टको १ करोड ४ लाख ८९ हजार ९००, बैंक अफ काठमाण्डौंको १ करोड ४१ हजार ९१५, प्राइम बैंकको ९९ लाख १५ हजार ७५४ र माछापुच्छ्रे बैंकको ९१ लाख ४१ हजार ४५९ रूपैयाँको शेयर खरिद विक्रि भएको छ।
![]() |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
यो दिनको बजारबाट नेशनल माइक्रोफाइनान्स ५.४५ प्रतिशतको वृद्धिले सकरात्मक सर्किटमा सबैभन्दा धेरै बढ्न सफल भएको छ। यस्तैः अरुण भ्याली हाइड्रोपावर ४.९५, हिमालयन पावर पार्टनर ४.९२, गुडविल फाइनान्स ४.३५, सनराइज बैंक ३.६९, जनउत्थान लघुवित्त ३.२३, रिडी हाईड्रोपावर ३.३२, माछापुच्छ्रे बैंक ३.१७, युनाइटेड इन्स्योरेन्स ३.०४ र सांग्रिला विकास बैंक २.८० प्रतिशतले बढेका छन्।
![]() |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
उता युनिभर्सल पावर कम्पनीको शेयरधनीले सबैभन्दा धेरै ९.८७ प्रतिशतले घटेको छ। यस्तोः कन्चन विकास बैंक ७.०१, किसान माइक्रोफाइनान्स ५.९८, सूर्योदय लघुवित्त ५.५२, शिखर इन्स्योरेन्स २.४५, राधी विद्युत कम्पनी २.३८, विजय लघुवित्त २.३२, दिव्यश्र्वरी हाइड्रोपावर २.१७, चौतारी लघुवित्त २.०९ र ग्लोबल आइएमई समुन्नत योजना-१ १.९६ प्रतिशतभन्दा बढीले गुमाएका छन्।
![]() |
चित्र ५ः नकारात्क रहेका कम्पनी |
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment