Friday, 19 April 2019

चौतारी लघुवित्तको नाफा झन्डै ४ गुणा

४ चैत २०७६,
काठमाण्डौं, नेपाल।

चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चौब्बर खुद नाफा आर्जन गरेको छ। यस त्रैमाससम्म कम्पनीले १ करोड ८५ लाख ८८ हजार ४४० रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ६५ लाख ४२ हजार ४५० रूपैयाँ मात्र कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा १८४.१२ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ३९ करोड ७५ लाख ७६ हजार ६०० रूपैयाँ निक्षेप संकलन गरेको छ। साथै, लघुवित्तले ७४ करोड ३९ लाख ३६ हजार ९७० रूपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामार्फत ऋण गरेर १ अर्ब १४ करोड १५ लाख १३ हजार ६३० रूपैयाँ परिचालन गरेको छ।

गत वर्षमा ३ करोड ४३ लाख ४६ हजार ४३० रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस त्रैमासमा लघुवित्तले ६ करोड ३९ लाख ३३ हजार २०० रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। साथै, यस वर्ष संचालन नाफा १ करोड २ लाख ८० हजार ९९० रूपैयाँबाट बढेर १ करोड ५७ लाख ९६ हजार ४३० रूपैयाँ पुगेको छ। यो अगिल्लो वर्षको तुलनामा क्रमर्शः ८६.१४% र ५३.६५% को वृद्धि हो।

लघुवित्तको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ र जगेडा कोषमा भने ३ करोड ३५ लाख ६५ हजार रुपैयाँ रहेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा क्रमर्शः ७७५.७१%  ले धेरै हो। 

कम्पनीको खराब कर्जामा सुधार भएको छ । गत वर्ष ०.९१% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ०.७२% मा सिमित भएको छ ।

माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १३ रूपैयाँ ३३ पैसा, प्रतिशेयर नेटवर्थ ११८ रूपैयाँ ०४ पैसा र मूल्य आम्दानी अनुपात ४५.७६ गुणा रहेको छ।



सन्दर्भ सामाग्रीः
- चैतारी लघुवित्त वित्तीय संस्था

No comments:

Post a Comment