काठमाण्डौं, नेपाल।
स्वदेशी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झण्डै दोब्बर खुद नाफा आर्जन गरेको छ। यस त्रैमाससम्म कम्पनीले ४ करोड ८१ लाख ७१ हजार ६१० रूपैयाँ आर्जन गरेको छ। यो गत वर्षको भन्दा ९२.३ प्रतिशतले धेरै हो। गत वर्ष यहि अवधिमा २ करोड ५० लाख ४५ हजार २० रूपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिसम्म ९१ करोड २९ लाख ९५ हजार १५० रूपैयाँ निक्षेप संकलन गरेको छ। साथै, लघुवित्तले २ अर्ब १२ करोड १३ लाख ८३ हजार १० रूपैयाँ अन्य बैंक तथा वित्तीय संस्थामार्फत ऋण गरेर ३ अर्ब ४ करोड ९० लाख ३ हजार ५०० रूपैयाँ लगानी गरेको छ।
माइक्रोफाइनान्सले १६ करोड १८ लाख ६७ हजार ७९० रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । गत वर्ष भने १० करोड ५५ लाख ५१ हजार ७२० रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अगिल्लो वर्षको तुलनामा ५३.३५ प्रतिशतले धेरै हो। साथै, यस वर्ष सञ्चालन नाफा बढेर ७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा सञ्चालन नाफा ३९ करोड ३५ लाख रुपैयाँ थियो । कम्पनीले खुद ब्याज आम्दानी बढाएर र खर्च नियन्त्रण गरेर नाफा बढाउन सफल भएको हो।
कम्पनीको खराब कर्जामा केही वृद्धि भएको छ । गत वर्ष १.५१% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा १.९९% मा रहेको छ ।
माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३३ रूपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रूपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात १५.९२ गुणा रहेको छ।
सन्दर्भ सामाग्रीः
- स्वदेशी लघुवित्त
- शेयर संसार
- विभिन्न ऐजेन्सी
No comments:
Post a Comment