Monday, 22 April 2019

सिटी एक्सप्रेसको नाफामा उच्च गिरावट

०९ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

सिटी एक्सप्रेस फाइनान्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफामा उच्च गिरावट आएको छ। यस त्रैमाससम्म कम्पनीले ९४ लाख ९४ हजार रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ३ करोड २४ लाख ९० हजार रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो ७०.७७ प्रतिशतको गिरावट हो।

समीक्षा अवधिसम्म १० करोड ६५ लाख ९९ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ। साथै, लघुवित्तले १५ करोड ९२ लाख ९२ हजार रूपैयाँ परिचालन गरेको छ।

गत वर्षमा ४५ लाख ५१ हजार रूपैयाँ ब्याज नेक्सानी भएको थियो। यस त्रैमासमा फाइनान्सले ९६ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अगिल्लो वर्षको तुलनामा ३१३% को वृद्धि हो। यद्धपि, यस वर्ष संचालन नोक्सानी १ करोड ६६ लाख ९८ हजार रूपैयाँबाट घटेर १ करोड २२ लाख ११ हजार रूपैयाँ पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानीमा थोरै सुधार आएपनि खर्च धान्न नसक्दा सञ्चालन नोक्सानीमा पुगेको हो ।


फाइनान्सको चुक्ता पुँजी ४८ करोड ६९ लाख ३३ हजार रुपैयाँ र जगेडा कोषमा भने १८ करोड ७१ लाख ६७ हजार रुपैयाँ नकारात्मक रहेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १६.२२%  ले सुधार हो। 

कम्पनीको खराब कर्जामा सुधार भएको छ । गत वर्ष १००% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ९.५८% मा सिमित भएको छ ।

माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३ रूपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ ५३ रूपैयाँ २१ पैसा रहेको छ।


सन्दर्भ सामाग्रीः
(विभिन्न ऐजेन्सी)

No comments:

Post a Comment