काठमाण्डौं, नेपाल।
विहिवारको बजारमा झिने गिरावट आएको छ। विहिवारको दिन ११८४.६१ मा रहेको परिसूचक ०.५९ अंकले घटेर ११८४.०२ मा पुगेको छ।
१७० कम्पनीको शेयर किनबेच भएको विहिवारको बजारमा ३९ करोड बढीको शेयर किनबेच भयो । बुधबारको तुलनामा विहिवार कारोबार रकम २ करोड कम हो । मंगलबार ४१ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका १० उपसमूह मध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक ३१.८५, होटेल समूहको सूचक ११.४८, फाइनान्स समूहको सूचक ३.४२ र अन्य ३.०३ अंकले ओरालो लागेको छ भने अरु छ समूहको सूचक बढेका छन् । जसमा र्जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात ९.१३ अंकले बढोत्तरी भएको छ । निर्जीवन बीमा ५.७२, विकास बैंक १.२९, बैंकिङ्ग ०.५५, जलविद्युत ०.३८ र लघुवित्त ०.०३ अंकले सुधार भयो ।
बिहिबार कुमारी बैंकको सबै भन्दा धेरै शेयर कारोबार भएको छ । बैंकको एक लाख ३९ हजार ६६८ कित्ता शेयर ३ करोड ६३ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । बैंकले दुई आर्थिक बर्षको साधारणसभा एकसाथ आह्वान गरेपछि शेयर किनबेच बढेको हो ।
त्यसैगरी एनएमबि बैंक र एनआइसी एशिया बैंकको पनि दुई करोड ५० लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भयो ।
यसदिन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ४.५ प्रतिशत बढीले उकालो लाग्यो ।
यता घलाम्दी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबै भन्दा धेरै अर्थात ८.६४ प्रतिशतले गिरावट आएको छ ।
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment