२५ चैत २०७५(सोम),
काठमाण्डौं, नेपाल।
साताको दोस्रो दिन पनि बजारमा उल्लेख्य वृद्धि भएको छ। आइतबारको दिन ११८२.३६ मा रहेको परिसूचक ९.३२ अंकले बढेर ११९१.६८ मा पुगेको छ।
आइतबार १६८ कम्पनीको १८ लाख ८७ हजार ३६३ कित्ता ५४ करोड ३९ लाख ५५ हजार ६४२ रूपैयाँमा कारोबार भएको थियो। यस दिन कारोबारमा आएको १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता ९० करोड ६९ लाख ३६ हजार ७६३ रूपैयाँमा खरिद विक्रि भएको छ। तुलनात्मक रूपले यो अगिल्लो दिनभन्दा शेयर संख्यामा १० लाख ६४ हजार ११५ र कारोबार रकममा ४४ करोड २९ लाख ८१ हजार १२१ रूपैयाँको वृद्धि हो।
कारोबारमा आएका १० उपसमूहमध्य सबैभन्दा धेरै जीवन बीमा १६७.५० अंकले बढेको छ। यस्तैः निर्जीवन बीमा १५३.७०, माइक्रोफाइनान्स ३६.५१, बैंकिङ्ग ४.९८, विकास बैंक १.८३, फाइनान्स १.२७, हाईड्रोपावर ०.६९ र उत्पादन तथा प्रशोधन ०.३१ अंकले बढेको छ। यसैगरी अन्य २.५६ र होटेल ५.५ अंकले घटेको छ।
कारोबारको दृष्टिबाट यस दिन सबैभन्दा धेरै एनआईसी ऐसिया बैंकको ७ करोड ६३ लाख ८९ हजार ४९३ रूपैयाँ रहेको छ। यस्तैः एनएमबी बैंकको ५ करोड ४२ लाख १ हजार ६५५, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ३२ लाख ६४ हजार ६७४, निको इन्स्योरेन्सको ४ करोड २१ लाख ८८ हजार २८१, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ३ करोड ९८ लाख ६७ हजार ७२३, नेपाल बैंकको ३ करोड ७५ लाख ३२ हजार २३५, प्रभु बैंकको ३ करोड २९ लाख ८३ हजार २७७, माछापुच्छ्रे बैंकको ३ करोड ३ लाख ८९ हजार ४४४, सनराइज बैंकको २ करोड २९ लाख ११ हजार ७७८ र प्राइम कमर्सियल बैंकको १ करोड ९६ लाख ७५ हजार ६६८ रूपैयाँको खरिद विक्रि भएको छ।
यसदिनको बजारबाट समिट माइक्रोफाइनान्स डिभलपमेन्ट बैंकका शेयरधनीले ९.८३ प्रतिशतले सबैभन्दा धेरै कमाएका छन्। यस्तैः ग्लोबल आएमई समुन्नत-१ ९.८०, स्वरोजगार लघुवित्त ८.४२, एनएमबी माइक्रोफाइनान्स ८.१२, सूर्यदय लघुवित्त वित्तिय संस्था ७.५२, विजय लघुवित्त वित्तिय संस्था ७.२९, चैतारी लघुवित्त ६.४५, प्रभु इन्स्योरेन्स ६.४१, गुँरास लाईफ इन्स्योरेन्स ६.२ र हिमालयन जेनरल इन्स्योरेन्स ६.११ प्रतिशतले बढ्न सफल भएका छन्।
उता राढी हाईड्रोपावरका आजको बजारबाट ४.५७ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन्। यस्तैः युनिभर्सल पावर कम्पनी ४.०८, राष्ट्रिय बीमा कम्पनी प्रमोटर शेयर ३.०६, सिन्धु विकास बैंक ३.०३, अरुण काबेली २.८७, अप्पि पावर २.८५, सांग्रिला डेभलपमेन्ट बैंक २.७०, हिमालपन पावर पार्टनर २.६५, मितेरी डेभलपमेन्ट बैंक २.५० र कन्काई विकास बैंक २.३४ प्रतिशतले घटेका छन्।
सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment