काठमाण्डौं, नेपाल।
नेप्से सूचक मंगलबार २३.३३ अंकले बढेर १२१२.०५ विन्दुमा आइपुगेको छ । १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता सेयर ७४ करोड २७ लाख १८ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भएको छ।
सूचीकृत १० वटा समूह सबै सकारात्मक छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ८०.१९ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि २९.४१ अंकले माथि लागेको छ । यस्तै निर्जीवन बीमा ४८.९२, माइक्रोफाइनान्स ३५.८, वाणिज्य बैंक २९.४१, विकास बैंक २०.०२, होटल १४, फाइनान्स १०.७४, हाइड्रोपावर ५.८९, अन्य २.९३, र उत्पादन तथा प्रशोधन २.४६ अंकले सुधार भएका हुन् ।
एनएमबिको ६ करोड ७० लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया र प्रभु बैंक परेका छन् । बैशाख २७ गते आह्वान गरेको साधारण सभाका लागि सिभिल बैंकले बैशाख ९ गतेदेखि बुकक्लोन गर्ने भएपछि बैंकको सबैभन्दा धेरै २ लाख एक हजार ४४८ कित्ता ३ करोड ३२ लाख बराबरको शेयर खरिद बिक्री भएको छ ।
मंगलबारको बजारमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.६७ प्रतिशतले बढेको छ । यस्तैः सेन्ट्रल फाइनान्सको ६.५४ प्रतिशत, समुदायिक लघुवित्त ५.९६, डिप्रोक्स ५.५६, प्रभु बैंक ५.१८, सिद्धार्थ बैंकको शेयरमूल्य ५.०५, ग्रामिण विकास लघुवित्तका शेयरधनीले ४.९१, युनाईटेड इन्स्योरेन्स ४.८६, जानकी फाइनास र सहयोगी विकास बैंक ४.७६ प्रतिशतले उकालो लागेको छ ।
उता, युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ३.२३ प्रतिशतले घटेर ९० रुपैयाँमा झरेको छ । एभरेष्ट इन्स्योरेन्स र समीट माइक्रोफाइनान्सको शेयरमूल्य पनि २ प्रतिशत बढीले घटेको छ ।
यसैगरि सिनर्जी पावर, हिमालयन डिष्टलरी, आरम्भ माइक्रोफाइनान्स, ओरियण्टल होटल, नबिल इक्वीटी फण्ड, रिडी र रैराङ्ग हाइड्रोपावरको शेयरधनी क्रमर्श गुमाएका छन् ।
सन्दर्भ सामाग्रीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment