Wednesday, 17 April 2019

बजार बढ्नेक्रम निरन्तर!

०४ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

साताको मध्यस्ठमा पनि बजार निरन्तर बढिरहेको छ। नेप्से सूचक बुधबार ४.९९ अंकले बढेर १२१७.०४ विन्दुमा आइपुगेको छ ।

यस दिन १७१ कम्पनीको २७ लाख ७२ हजार ५०२ कित्ता ८१ करोड १७ लाख ५२ हजार ८८५ रूपैयाँमा खरिद विक्रि भयो। मंगलबारको दिन १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता ७४ करोड २७ लाख १८ हजार ७५१ रूपैयाँको कारोबार भएको थियो। तुलनात्मक रूपमा शेयर कित्तामा ३ लाख ६० हजार ८५२ र कारोबार रकममा ६ करोड ९० लाख ३४ हजार १३४ रूपैयाँको बढोत्तरी हो।
चित्र १ः नेप्से परिसूचक

चित्र २ः उपसमूह
कारोबारमा यस दिन १० उपसमूह आएका छन् सो मध्य सबैभन्दा धेरै जीवन बीमा ३८.१९ अंकले बढेको छ। यस्तैः बैकिङ्ग ८.९३, विकास बैंक ४.०९ र होटेल १.६३ अंकले बढेका छन्। सो उपसमूहबाट सबैभन्दा धेरै लघुवित्त १४.०२ अंकले घटेको छ। साथै, निर्जीवन बीमा ९.३८, उत्पादन तथा प्रशोधन ८.४२, जलविद्युत ०.४४, अन्य ०.२७ र फाइनान्स ०.१३ अंकले घटेका छन्।

एनएमबी बैंकको ७ करोड २२ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा क्रमशः एनआइसी एसिया, नेपाल बैंक, प्रभु, कुमारी, सिद्धार्थ, माछापुच्छ्रे, सिभिल, एनआईबी, नेपाल क्रेडिट एण्ड कमर्श बैंक परेका छन् । 

चित्र ३ः धेरै कारोबार भएका कम्पनी

बुधबारको बजारबाट सिभिल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.७५ प्रतिशतले बढेको छ । यस्तैः युनिभर्सल पावरको ५.५६, युनाइटेड फाइनान्सको ४.६६, नबिल ईक्विटी फण्डको ४.५०, चैतारी लघुवित्तको ४.२६, खानीखोला हाईड्रोपावरको ३.९०, स्वदेशी लघुवित्तको ३.२७, स्रिजना फाइनान्सको ३.२०, सिटिजन्स बैंकको ३.०८ र कृषि विकास बैंकको ३.०७ प्रतिशतले शेयरमूल्य उकालो लागेको छ।  

चित्र ४ः सकरात्मक रहेका कम्पनी

उता, कोर्पोरेट विकास बैंकको शेयर मूल्य ४.०८ प्रतिशतले घटेर ९४ रूपैयाँमा आएको छ। यस्तैः जनउत्थान सामुदायिक लघुवित्तको ३.८५, महिला सहयात्री माइक्रोफाइनान्सको ३.७८, निरधन उत्थानको ३.६, सामुदायिक लघुवित्तको ३.५५, स्वावलम्बन लघुवित्तको ३.३५, रिलायन्स फाइनान्सको ३.२, आईसीएफसीको ३.१४, शाइन रेसुङ्गाको २.९१ र नेशनल हाईड्रोपावरको २.७७ प्रतिशतले बजारमूल्य घटेको छ।

चित्र ५ः नकारात्क रहेका कम्पनी

सन्दर्भ सूचीः
विभिन्न ऐजेन्सी

No comments:

Post a Comment