Thursday, 25 April 2019

नेप्सेमा दोहोरो अंकले बढ्यो, कारोबार रकममा उल्लेख्य वृद्धि

१२ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

नेप्से सूचक बिहिबार १२.८३ अंकले बढेर १२९२.१२ विन्दुमा आइपुगेको छ । १७६ कम्पनीको ४५ लाख १९ हजार ७९२ कित्ता सेयर १ अर्ब ३५ करोड ७६ लाख ६ हजार ८५१ रुपैयाँमा खरिदबिक्री भएको छ। 


चित्र १ः नेप्से परिसूचक

सूचीकृत १० वटा समूह सबै सकारात्मक छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ८९.९१ अंकले बढेको छ । यस्तैः निर्जीवन बीमा ७४.८४, विकास बैंक ४५.२९, उत्पादन तथा प्रशोधन २२.९, होटल २१.५, माइक्रोफाइनान्स १०.३९, वाणिज्य बैंक १०.०९, अन्य ६, हाइड्रोपावर ५.२४ र फाइनान्स ०.८८, अंकले सुधार भएका हुन् ।


चित्र २ः उपसमूह


नेपाल बैंक लिमिटेडको १८ करोड ४१ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा क्रमशः नेपाल क्रेडिट एण्ड कमर्श बैक (७ करोड ३० लाख), प्रभु बैंक (७ करोड २६ लाख), छिमेक लघुवित्त (६ करोड ६० लाख), कृषि विकास बैंक (५ करोड ४३ लाख), एनएमबी (५ करोड ३४ लाख), सानिमा बैंक (४ करोड ६१ लाख) एनआइसी एसिया (४ करोड ५१ लाख), जनता बैंक (३ करोड ९८ लाख) र सिद्धार्थ बैंक (३ करोड ४७ लाख) परेका छन् ।  
चित्र ३ः धेरै कारोबार भएका कम्पनी


बिहिबारको बजारमा एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशतले बढेको छ । यस्तैः कृषि विकास बैंकको ९.६०, मिर्मिरे लघुवित्तको ७.७२, युनाइटेड इन्स्योरेन्सको ७.५९, राडी जलविद्युतको ७.१४, नबिल ईक्विटी फण्डको ६.८८, शाइन रेसुंगा विकास बैंकको ६.६७, माहालक्ष्मी विकास बैंकको ५.९१, लुम्बिनी विकास बैंकको ५.९१ र संग्रिला विकास बैंकको ५.८८ प्रतिशतले उकालो लागेको छ ।
चित्र ४ः सकरात्मक रहेका कम्पनी


उता, तारागाउँ होटेलको शेयरमूल्य ९.३ प्रतिशतले घटेर २३४ रुपैयाँमा झरेको छ । यसैगरी सिटीजन्स म्युचल फण्ड-१, अरूण काबेली पावर, सपोर्ट लघुवित्त, सिनर्जी पावर, छ्याङ्दी हाईड्रोपावर र उन्नति माइक्रोफाइनान्सका शेयरधनी क्रमर्श गुमाएका छन् ।
चित्र ५ः नकारात्क रहेका कम्पनी


सन्दर्भ सामाग्रीः
विभिन्न ऐजेन्सी

No comments:

Post a Comment