१२ चैत २०७६,
काठमाण्डौं, नेपाल।
अधिकांश बाणिज्य बैंकहरुको पूँजी, कर्जा तथा निक्षेप (सिसिडि) अनुपात ८० प्रतिशतको हाराहारीमा भएपनि कर्जा प्रबाह गर्ने क्रम भने उच्च दरले बढेको छ । वैशाखको पहिलो साता बैंकहरुमा दुई अर्बले निक्षेप घट्दा कर्जा १९ अर्बले बढेको छ।
चैतको चौथो साता बैंकहरुसँग २७ खर्ब ३ अर्ब निक्षेप थियो। बैशाख ६ गतेसम्म आउँदा थप १ अर्बले घटेर २७ खर्ब २ अर्बमा सीमित भएको छ।
यता, ऋण बिस्तारले भने रोकिने नामै लिएको छैन। चैतको अन्तिम साता २४ खर्ब २० अर्ब पुगेको थियो। बैशाख ६ गतेसम्म आउँदा २४ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ।
परन्तु, समिक्षा अवधिसम्म सरकारी खर्च संशोधित बजेटको ५० प्रतिशत र पूँजीगत खर्च जम्मा ३९ प्रतिशत छ।
यसकारण, सरकारी खर्चमा वृद्धि र कर्जा विस्तारमा सावधानी अपनाए सिसिडि अनुपात कम हुने सम्भावना विध्यमान रहेको छ।
सन्दर्भ सामाग्रीः
- नेपाल बैंकर्स संघ
No comments:
Post a Comment