काठमाण्डौं, नेपाल।
सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफामा सामान्य सुधार भएको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब ५९ करोड २९ लाख २७ हजार ०७९ रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा १ अर्ब ३८ करोड ६ लाख ४३ हजार ४३३ रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा १५.३७ प्रतिशतको वृद्धि भएको हो।
समीक्षा अवधिसम्म १ खर्ब ५ अर्ब ६३ करोड ५७ लाख ४९ हजार ६२८ रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले १ खर्ब १ अर्ब ३८ करोड ३६ लाख ३९ हजार ०८८ रूपैयाँ लगानी गरेको छ।
यस त्रैमासमा बैंकले ३ अर्ब ४० करोड ८४ लाख २ हजार ६२९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ।गत वर्षमा २ अर्ब ३६ करोड ७२ लाख १२ हजार ५७८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ४३.९८% को वृद्धि हो।
साथै, यस वर्ष संचालन नाफा ३ अर्ब २७ करोड ७१ लाख ९४ हजार ७९७ रूपैयाँबाट बढेर ४ अर्ब ४३ करोड ९३ लाख ४२ हजार ८४६ रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा १५.०८% को वृद्धि हो।
बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ र जगेडा कोषमा भने ४ अर्ब २ करोड ५५ लाख १ हजार ९ रुपैयाँ रहेको छ।
कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष १.३१% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा १.३६% मा खुम्चिएको छ ।
बैंकको प्रतिशेयर आम्दानी २३ रूपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रूपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात १३.१३ गुणा रहेको छ।
सन्दर्भ सामाग्रीः
- नेप्से
- सिद्धार्थ बैंक लिमिटेड, https://www.siddharthabank.com:444/financial/
बैंकको प्रतिशेयर आम्दानी २३ रूपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रूपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात १३.१३ गुणा रहेको छ।
सन्दर्भ सामाग्रीः
- नेप्से
- सिद्धार्थ बैंक लिमिटेड, https://www.siddharthabank.com:444/financial/
No comments:
Post a Comment