Monday, 22 April 2019

सिटिजन्स बैंकको नाफा बढ्यो, प्रति शेयर आम्दानी कति?

८ चैत २०७६,
काठमाण्डौं, नेपाल।

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको त्रैमाससम्म १ अर्ब ६ करोड ९६ लाख १ हजार ७२२ रूपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यहि अवधिमा १ अर्ब ९८ लाख ८७ हजार ३८७ रूपैयाँ मात्र कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ५.९१ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ६५ अर्ब ९२ करोड ९ लाख २४ हजार ५२५ रूपैयाँ निक्षेप संकलन गरेको छ। साथै, बैंकले ६१ अर्ब २ करोड ५२ लाख ९१ हजार ९४२ रूपैयाँ परिचालन गरेको छ।

सिटिजन्सको खुद ब्याज आम्दानी २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १ अर्ब ४९ करोड १४ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । यो अगिल्लो वर्षको तुलनामा क्रमर्शः ४२.३१% र ४.०२% को वृद्धि हो। 
परन्तु, अन्य आम्दानी गत वर्ष जस्तो नभएर संचालन आम्दानी खस्केको हो सो कुरो धेरै चिन्ता गर्नुपर्ने भने होइन।

बैंकको चुक्ता पुँजी  ८ अर्ब ३७ करोड १० लाख ६४ हजार  रुपैयाँ र जगेडा कोषमा भने २ अर्ब ८२ करोड ६२ लाख ५६ हजाररुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष १.४६% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा १.५८%  भएको छ । कस्ट अफ फन्ड ८.५४% रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १७ रूपैयाँ ०५ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १३.०८ गुणा रहेको छ।




सन्दर्भ सामाग्रीः
नेप्से

No comments:

Post a Comment