Wednesday, 24 April 2019

माछापुच्छ्रे पनि अर्बपति, प्रति शेयर आम्दानी कति?

११ चैत २०७६,
काठमाण्डौं, नेपाल।

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफामा सामान्य सुधार गरेको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा ८५ करोड ४० लाख ५२ हजार १२१ रूपैयाँ मात्र कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ४५.२८ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार ६२६ रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले ६२ अर्ब ४१ करोड ७२ लाख १७ हजार ५६८ रूपैयाँ लगानी गरेको छ।

गत वर्षमा १ अर्ब ८५ करोड ८५ लाख ५६ हजार ३११ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस त्रैमासमा बैंकले २ अर्ब ६० करोड १६ लाख ९६ हजार ८५६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अगिल्लो वर्षको तुलनामा ३९.९८% को वृद्धि हो।
साथै, यस वर्ष संचालन नाफा १ अर्ब २२ करोड ६७ लाख ४ हजार ५४२ रूपैयाँबाट बढेर १ अर्ब ७० करोड ४४ लाख ७३ हजार ८७८ रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा ३८.९४% को वृद्धि हो।

बैंकको चुक्ता पुँजी 8 अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ र जगेडा कोषमा भने १ अर्ब २४ करोड ३० लाख ८ हजार १९७ रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जा भने बढेको छ । गत वर्ष ०.३५% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ०.४८% मा खुम्चिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २० रूपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात १३.१५ गुणा रहेको छ।

सन्दर्भ सामाग्रीः
-ं माछापुच्छ्रे बैंक
- नेप्से

No comments:

Post a Comment