Thursday, 25 April 2019

सानिमा बैंकको तेस्रो त्रैमासको नाफामा ३०.७६ प्रतिशतको वृद्धि, प्रति शेयर आम्दानी कति?

१२ चैत २०७६,
काठमाण्डौं, नेपाल।

सानिमा बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफामा उल्लेख्य सुधार भएको छ। यस त्रैमाससम्म कम्पनीले १ अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा १ अर्ब ५७ करोड ५३ लाख २२ हजार ९६२ रूपैयाँ कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ३०.७६ प्रतिशतको वृद्धि भएको हो।

समीक्षा अवधिसम्म ७७ अर्ब ८४ करोड ९३ लाख ८० हजार ०५६ रूपैयाँ निक्षेप संकलन गरेको छ। र, बैंकले ६७ अर्ब ५९ करोड ८१ लाख ३३ हजार ७६१ रूपैयाँ लगानी गरेको छ।

यस त्रैमासमा बैंकले २ अर्ब ९१ करोड ९८ लाख ९ हजार ५४१ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ।गत वर्षमा २ अर्ब ०९ करोड ३४ लाख ६० हजार ३३३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यो अगिल्लो वर्षको तुलनामा ३९.४७% को वृद्धि हो।
साथै, यस वर्ष संचालन नाफा १ अर्ब ७३ करोड ७० लाख ३० हजार १४० रूपैयाँबाट बढेर २ अर्ब २४ करोड २५ लाख २२ हजार ५६१ रूपैयाँ भएको छ। यो अगिल्लो वर्षको तुलनामा २९.०१% को वृद्धि हो।

बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ र जगेडा कोषमा भने ३ अर्ब २२ करोड ६२ लाख ५७ हजार ३७१ रुपैयाँ रहेको छ। 

कम्पनीको खराब कर्जा भने सुधार भएको छ । गत वर्ष ०.१७% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ०.१२% मा सिमित छ ।

बैंकको प्रतिशेयर आम्दानी २६ रूपैयाँ २५ पैसा, प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ ३२ पैसा  र मूल्य आम्दानी अनुपात १३.१५ गुणा रहेको छ।



सन्दर्भ सामाग्रीः
-ं सानिमा बैंक
- नेप्से

No comments:

Post a Comment