Friday, 26 April 2019

कर चुहावटको समस्या समाधान गर्न विद्युतीय विजक

१३ चैत, २०७६
काठमाण्डौं, नेपाल

आन्तरिक राजस्व विभागले कर चुहावटको समस्या समाधान गर्न विद्युतीय विजक जारी गर्ने प्रणालीको विकास गरेको छ।

हरेक सामान विक्रिबापत भ्याटबिल जारी गर्नुपर्ने नियम छ। त्यसैले हालसम्म हातले लेखेर बिल काट्ने चलन थियो।परन्तु, विभागले अहिले भने प्रविधिलाई आत्मसाथ गर्दै भ्याटबिल हस्तलिखितको सट्टा कम्प्युटरबाट प्रिन्ट हर्न सकिने व्यवस्था गरेको थियो।

सो व्यवस्था अन्तर्गत, विभागले निर्देशिका जारी गर्दै रु पैतीस करोड भन्दा बढीको कारोबार गर्ने करदातालाई विद्युतिय विजक अनिवार्य गरेको छ। यस प्रणाली प्रयोग गर्नको लागि आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त कम्पनीको बिलिङ्ग सफ्टवेयर प्रयोग गर्नुपर्नेछ।



सन्दर्भ सामाग्रीः
आन्तरिक राजस्व विभाग

No comments:

Post a Comment