०६ चैत २०७५,
काठमाण्डौं, नेपाल।
वोमी माइक्रोफाइनान्सको नाफामा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ४८ लाख खुद नाफा कमाएको छ। यो गत वर्षको भन्दा ५१.९८ प्रतिशतले धेरै हो। गत वर्ष यहि अवधिमा २ करोड ९५ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएको छ। साथै, खर्च कम हुँदा सञ्चालन नाफामा ४ प्रतिशतले बढेको देखिन्छ । माइक्रोफाइनान्सले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । गत वर्ष भने ५ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको थियो । साथै यस वर्ष सञ्चालन नाफा बढेर ७ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा सञ्चालन नाफा ४ करोड ५० लाख रुपैयाँ थियो ।
कम्पनीले तेस्रो त्रैमाससम्म ५६ करोड २३ लाख रूपैया निक्षेप संकलन गरी १ अर्ब ६७ करोड कर्जा लगानी गर्न सफल भएको छ। चुक्ता पुँजी १० करोड १० लाख रहेको वोमीको रिजर्भ कोष ९ करोड ४१ लाख रहेको छ।
कम्पनीको खराब कर्जामा पनि राम्रो सुधार भएको छ । गत वर्ष ०.७६% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा ०.७०% मा सीमित भएको छ ।
माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५९ रूपैयाँ १६ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रूपैयाँ १३ पैसा र मूल्य आम्दानी अनुपात १९.०७ गुणा रहेको छ।
यद्यपि, वोमी लघुवित्त र नागरिक लघुवित्त गाभिने क्रममा रहेकोले कम्पनीको नेप्सेमा शेयर कारोबार फागुन २६ देखि बन्द छ।
No comments:
Post a Comment