काठमाण्डौं, नेपाल।
नेप्से सूचक आइतबार २२.३९ अंकले बढेर १३९४.५१ विन्दुमा आइपुगेको छ । १७६ कम्पनीको ४९ लाख २१ हजार ०८४ कित्ता सेयर १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको छ।
![]() |
चित्र १ः नेप्से परिसूचक |
सूचीकृत ८ वटा समूह मात्र सकारात्मक छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ६२९.३८ अंकले बढेको छ । यस्तैः निर्जीवन बीमा ४६२.७९, माइक्रोफाइनान्स ९१.०८, होटल ९०.४, हाइड्रोपावर ६२.५८, उत्पादन तथा प्रशोधन ४६.३७, विकास बैंक ६.१ र अन्य ५.६३ अंकले सुधार भएका हुन् । वाणिज्य बैंक ९.०२ र फाइनान्स ०.६८, अंकले नकारात्मक भएका हुन् ।
![]() |
चित्र २ः उपसमूह |
नेपाल बैंक लिमिटेडको २३ करोड १९ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा क्रमशः छिमेक लघुवित्त (९ करोड २६ लाख), प्राइम कमर्सियल बैंक (७ करोड ७३ लाख), निको लाईफ इन्स्योरेन्स (६ करोड २५ लाख), एनएमबी (५ करोड ३२ लाख), नेपाल लाईफ इन्स्योरेन्स (४ करोड ७१ लाख), कृषि विकास बैंक (४ करोड ४० लाख), नेपाल इन्भेष्टमेन्ट बैंक (४ करोड २५ लाख) एनआइसी एसिया (४ करोड २४ लाख) र प्रभु बैंक (३ करोड ८५ लाख), जनता बैंक (३ करोड ९८ लाख) र सिद्धार्थ बैंक (३ करोड ४७ लाख) परेका छन् ।
![]() |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी |
आइतबारको बजारमा राष्ट्रिय बीमा कम्पनी प्रमोटर, आरएमडीसी, एशिन लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, किसान लघुवित्त, विजय लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको र लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफको शेयरमूल्य ९ प्रतिशतलभन्दा धेरैले बढेको छ ।
![]() |
चित्र ४ः सकरात्मक रहेका कम्पनी |
उता, सनराइज बैंकको शेयरमूल्य ४.०४ प्रतिशतले घटेर २६१ रुपैयाँमा झरेको छ । यसैगरी रिलायन्स फाइनान्स, संग्रिला विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, जनता बैंक, सहयोगी विकास बैंक र सामुदायिक लघुवित्तका शेयरधनी क्रमर्श गुमाएका छन् ।
![]() |
चित्र ५ः नकारात्क रहेका कम्पनी |
सन्दर्भ सामाग्रीः
विभिन्न ऐजेन्सी
No comments:
Post a Comment