काठमाण्डौं, नपाल।
नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाको आईपीओ मंगलबार बिहान बाँडफाड भएको छ। आईपीओ कुल ३ लाख १५ हजार ६३० जनाले भरेका थिए। यसमध्य ७ सय ५ जनाको आवेदन रद्द भएको छ भने ३ लाख १४ हजार ९२५ आवेदकबाट ६३ लाख ८८ हजार १३० कित्ता आवेदन सदर भएको छ। यस आधारमा केवल ४.८ प्रतिशत आवेदकले मात्र शेयर हात पारेका छन्।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा लघुवित्तको आईपिओ बाँडफाँड गरिएको हो।
नेपाल एग्रोले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता सेयर निष्कासन गरेको हो । उक्त सेयरमध्ये २ हजार ४८९ अर्थात ०.५% कित्ता कर्मचारी र ८ हजार ८९ अर्थात ५% कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको हो । नेपाल एग्रोको आईपिओमा मागभन्दा ४२.३४ गुणा बढी आवेदन परेको थियो। आईपिओमा कूल ३ लाख १५ हजार ६३० वटा आवेदनबाट ६४ लाख २ हजार ३९० कित्ताको माग आवेदन परेको थियो।
सन्दर्भ सामाग्रीः
ऐजेन्सी
No comments:
Post a Comment