यस दिनमा सूचीकृत २ वटा समूह मात्र सकारात्मक छन् । हाईड्रोपावर ४५.४९ र फाइनान्स १.०३ अंकले बढेको छ । उता, निर्जीवन बीमा २०५.३१ अंकले सबैभन्दा धेरै गुमाएको छ। यस्तैः र्जीवन बीमा २०१.८२, होटल २४.८८, माइक्रोफाइनान्स १८.०२, बैंकिङ्ग ९.८२, अन्य ६.९, उत्पादन तथा प्रशोधन ५.३७, ट्रेडिङ्ग ४.८२ र विकास बैंक २.७३ अंकले घटेका छन्।
 |
चित्र २ः उपसमूह |
नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड र नेपाल बैंक लिमिटेडको ९ करोड ३१ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।
माथिल्लो तामाकोशी, कुमारी बैंक, सानिमा माई हाईड्रोपावर, छिमेकको ३ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ भने छिमेक लघुवित्त, चिलिमे हाईड्रोपावरको २ करोड र सिद्धार्थ बैंक, प्रभु बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको १ करोड रूपैयाँभन्दा धेरैको कारोबार भएको छ।
 |
चित्र ३ः धेरै कारोबार भएका कम्पनी
मंगलबारको बजारबाट सानिमा माई हाईड्रोपावर र अरुण भ्याली हाईड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस्तैः युनाइटेड मोदीको ८.१८, रैराङ्ग हाईड्रोपावरको ६.५९, नेशनल हाईड्रोपावरको ५.८, अरुण काबेली हाईड्रोपावरको ५.५२, हिमालयन हाईड्रोपावरको ४.९७, नेपाल इन्भेष्टमेन्ट बैंक प्रगति फण्डको ४.८४, पञ्चकन्या माई हाईड्रोपावरको ४.६३ र चिलिमे हाईड्रोपावरको ४.३७ प्रतिशतले शेयरमूल्य बढेको छ।
 |
चित्र ४ः सकरात्मक रहेका कम्पनी
उता, राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ। यस्तैः एशियन लाइफ इन्स्योरेन्सको ४.९५, जनउत्थान सामुदायिक लघुवित्तको ४.५०, नेपाल इन्स्योरेन्स कम्पनीको ३.८१, ग्लोबल आइएमई लघुवित्तको ३.७८, किसान माईक्रोफाइनान्सको ३.७२, एनएलजी इन्स्योरेन्सको ३.६३, नागबेली लघुवित्तको ३.६०, स्वरोजगार लघुवित्तको ३.५९ र प्राइम लाइफ इन्स्योरेन्सको ३.५० प्रतिशतले शेयरमूल्य घटेको छ।
 |
चित्र ५ः नकारात्क रहेका कम्पनी
सन्दर्भ सामाग्रीः
विभिन्न ऐजेन्सी
|
|
|
|
No comments:
Post a Comment