Monday, 22 April 2019

नेप्से सूचक मंगलबार ७.२६ अंकले घट्यो

०९ चैत २०७६,
काठमाण्डौं, नेपाल।

नेप्से सूचक सोमबार ७.२६ अंकले घटेर १२५६.९४ विन्दुमा आइपुगेको छ । यस १६८ कम्पनीको ३२ लाख ५९ हजार ४९६ कित्ता सेयर १ अर्ब ४ करोड ६० लाख ३९ हजार ९०३ रुपैयाँमा खरिदबिक्री भएको छ। 


सूचीकृत ११ वटा समूहमध्य केवल चारवटा मात्र सकारात्मक रहेका छन् । यस दिन जीवन बिमा सबैभन्दा धेरै १५४.२९ अंकले बढेको छ । यस्तैः निर्जीवन बीमा ६४.८५, उत्पादन तथा प्रशोधन २३.९८ र ट्रेडिङ्ग २.७० अंकले बढेका छन्। सोमबार होटेल समूह सबैभन्दा धेरै २४.९७ अंकले गिरेको छ। यस्तैः माइक्रोफाइनान्स २०.९८, वाणिज्य बैंक १३.८९, विकास बैंक १२.९८, अन्य ४.९७, हाइड्रोपावर १.८८ र फाइनान्स १.५२ अंकले नकारात्मक भएका हुन् ।



नेपाल बैंक लिमिटेडको ९ करोड ३६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा क्रमशः सिभिल बैंक, प्रभु बैंक, एनआइसी एसिया, स्ट्याण्डर्ड चाटर्ड बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, नबिल प्रमोटर र नेपाल बंगलादेश बैंक परेका छन् ।  


सोमबारको बजारमा एभटेष्ट इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले बढेको छ । यस्तैः ग्लोबल आइएमई लघुवित्तको ५.४१, युनिलिभर नेपाल लिमिटेडको ४.०३, स्ट्याण्डर्ड चाटर्ड बैंकको ३.९५, सिर्जना फाइनान्सको ३.६४, ग्लोबल आइएमई सम्मुन्नत योजना-१ को ३.४५, तारागाउँ होटेलको ३.३६, सिटीजन्स म्युचल फण्ड-१ को ३.२४, प्राइम लाईफ इन्स्योरेन्सको ३.२३ र नाडेपको २.९७ प्रतिशतले शेयरमूल्य उकालो लागेको छ ।

उता, माउन्टेन हाईड्रोपावरको शेयरमूल्य ५.२० प्रतिशतले घटेर ९१ रुपैयाँमा झरेको छ ।नेपाल एसबीआई बैंक, नेशनल हाईड्रोपावर कम्पनी र हिमालयन बैंक लिमिटेडको शेयरमूल्य पनि ३ प्रतिशत बढीले घटेको छ ।
यसैगरी समता माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, बैंक अफ काठमाण्डू, हिमालयन पावर पार्टनर, राढी जलविद्युत र  सिभिल लघुवित्तको शेयरधनीले क्रमर्श गुमाएका छन् ।

सन्दर्भ सामाग्रीः
- नेप्से
- विभिन्न ऐजेन्सी

No comments:

Post a Comment