काठमाण्डौं, नेपाल।
कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफामा सामान्य सुधार गरेको छ। यस त्रैमाससम्म कम्पनीले २ करोड ४९ हजार रूपैयाँ खुद आम्दानी गरेको छ। गत वर्ष यहि अवधिमा १ करोड ९२ लाख ४९ हजार रूपैयाँ मात्र कमाएको थियो। तुलनात्मक रूपमा यो त्रैमासमा ४.१५ प्रतिशतको वृद्धि भएको हो।
समीक्षा अवधिसम्म ६७ करोड २३ लाख २४ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ। र, लघुवित्तले १ अर्ब ७६ करोड ५५ लाख ४० हजार रूपैयाँ लगानी गरेको छ।
गत वर्षमा ६ करोड ७९ लाख ८६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस त्रैमासमा लघुवित्तले ९ करोड ४९ लाख ९२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अगिल्लो वर्षको तुलनामा ३९.७२% को वृद्धि हो। साथै, कर्मचारी खर्च दोब्बर भएकोले यस वर्ष संचालन नाफा २ करोड ४९ लाख ४७ हजार रूपैयाँबाट घटेर १ करोड ४० लाख ९५ हजार रूपैयाँमा खुम्चेको छ।
लघुवित्तको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ र जगेडा कोषमा भने ६ करोड ७० लाख ७ हजार रुपैयाँ रहेको छ। गत वर्षको ८% बोनस भने पुँजीकृत भइसकेको छ।
कम्पनीको खराब कर्जामा सुधार भएको छ । गत वर्ष १.८९% रहेको खराब कर्जा यो त्रैमासमा आइपुग्दा १.२८% मा सिमित भएको छ ।
माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २४ रूपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रूपैयाँ ०४ पैसा र मूल्य आम्दानी अनुपात ४७.१७ गुणा रहेको छ।
माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २४ रूपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रूपैयाँ ०४ पैसा र मूल्य आम्दानी अनुपात ४७.१७ गुणा रहेको छ।
सन्दर्भ सूचीः
- कालिका लघुवित्त
- विभिन्न ऐजेन्सी
No comments:
Post a Comment